FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उत्पादनका आधारमा पशुपालक किसानलाई अनुदान

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    Post Thumbnail

    बलेवा। दूध उत्पादनमा आत्मानिर्भर बागलुङका किसानले सहकारी र समूहमा आवद्ध भएर दूधको उत्पादन तथा बजारीकरण गरिरहेका छन् । दूधको उत्पादन बढाउने र किसानलाई थप व्यावसायिक र अत्मानिर्भर बनाउन भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र बागलुङले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा अनुदान रकम प्रदान गर्न थालेको छ ।

    केन्द्रले सहकारीमार्फत दुग्ध उत्पादक किसानलाई प्रतिलिटर दुई रुपैंयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराउने भएको होे । सार्वजनिक सूचनामार्फत किसानका समूह वा सहकारीमार्फत केन्द्रले प्रस्ताव आह्वान गरेको थियो । अहिलेसम्म जिल्लाभर आठवटा सहकारीले अनुदानका लागि प्रस्ताव पेश गरेका छन् । गण्डकी प्रदेश सरकारको उत्पादनको आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष किसानले ४० लाख रुपैयाँ पाउँदै छन् । आठ सहकारीमा आवद्ध ८ सय किसानले अनुदान पाउने पशु स्वास्थ्य अधिकृत केशव पौडेलले बताए ।

    अनुदानलाई किसानसम्म पु¥याउन केन्द्रले दूध उत्पादन र बजारीकरणको मापदण्ड बनाएको छ । ‘गत आर्थिक वर्षमा तीन वटा सहकारीले मात्रै मापदण्ड पूरा गरेर अनुदान पाएँ’, पौडेलले भने, ‘यो वर्ष किसान र सहकारीमा उत्साह देखिन्छ, सबैले मापदण्ड पूरा गरेर प्रस्ताव पेश गरेका छन् ।’ केन्द्रले दिने अनुदान पाउन सहकारीले एक महिनामा कम्तीमा २०० लिटर दूध उत्पादन र बिक्री वितरण गरेको हुनुपर्नेछ ।

    हरेक महिना सहकारीमार्फत बिक्री गरेको दूधको परिमाणअनुसार अनुदान रकम प्रदान गरिने पौडेलले बताए । गत आर्थिक वर्षमा कालीगण्डकी दुग्ध उत्पादक सहकारी, नमूना दुग्ध उत्पादक सहकारी र बागलुङ पशु स्रोत विकास फार्मले अनुदान पाएका थिए । ‘अहिले पेश भएका सबै प्रस्तावले अनुदान पाउछन्, बजेट पर्याप्त भएकाले समस्या हुँदैन्’, उहाँले भने, ‘अझै धेरै किसान मापदण्ड बाहिर हुनुहुन्छ, उहाँहरुसमेत आउने क्रम जारी छ ।’ दुग्ध उत्पादक सहकारीलाई प्रदान गरिएको अनुदान रकम सहकारीमार्फत किसानले प्राप्त गर्नेछन् ।

    उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकोले उत्पादनको आधारमा अनुदान रकम दिने नीति लिएको केन्द्रले जनाएको छ । किसानले पाउने अनुदान रकम चौमासिक भुक्तानी हुने केन्द्रले जनाएको छ । उत्पादन र बिक्री वितरणको तथ्याङ्क सहकारीले राख्नेछन् । सहकारीले पठाएको तथ्याङ्कको आधारमा केन्द्रले सिधैँ खातामा रकम जम्मा गरिदिन्छ । ‘बजार मूल्य कम हुँदासमेत किसानलाई अनुदानले उत्साह थप्छ’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले भने, ‘सहकारीबाट पाउने बोनस र अनुदानले किसान उत्साहित छौं ।’

    बागलुङमा दैनिक दुई हजार लिटरभन्दा धेरै दूध उत्पादन हुन्छ । जिल्लाभित्रका स–साना बजारका आलावा यहाँको दूध छिमेकी जिल्लामा निर्यात हुन्छ । जिल्लाको जैमिनी, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका अधिकांश किसान दूध उत्पादन तथा बजारीकरणसँग जोडिएका छन् ।

    माटोमा अम्लीयपन फेला
    गहुँको राम्रो उत्पादन हुने ताराखोला क्षेत्रको माटोमा अम्लीयपन भेटिएको छ । धौलागिरि बहुमुखी क्याम्पसको विज्ञान सङ्काय स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको अनुसन्धानमा ताराखोला गाउँपालिका–१ माझखर्क क्षेत्रको माटोमा अम्लीयपन बढी फेला परेको हो । माटोमा भएको अम्लीयपनले उत्पादकत्व घटाउछ ।

    माझखर्कको खेतबारीको माटोमा चाहिने भन्दा बढी अम्लीयपन फेला परेको अनुसन्धानमा संलग्न विद्यार्थी श्याम गैरेले बताए । गैरेले गहुँखेतीको माटोमा चाहिने खाद्यपदार्थ नाइट्रोजन, फसफोरस, पोटासियम, ब्रोन, जिन, विद्युतीय धारको नमूना परीक्षण गर्नुभएको थियो । पिएच स्केलमा माटोको अम्लीय र क्षारिय गुण परीक्षण गर्दा अम्लीयपन ६।४ प्रमाणित भएको थियो ।

    ‘प्रोजेक्ट वर्क’को रुपमा गैरेले नौ महिना लगाएर माझखर्क क्षेत्रको २० स्थानको माटो परीक्षण गरेका थिए । परीक्षण भएको माटोमा अर्गानिक तत्व बढी पहिचान भएको छ । उक्त तत्वले बिरुवालाई ठूलो बनाउन सहयोग गर्छ । गैरेका अनुसार उक्त माटोमा जिन र ब्रोन तत्वको मात्र कमी हुँदा बोट ठूलो भए पनि दाना सानो हुने, पहेँलो रोग लाग्नुका साथै फल कुहिने वा झर्न समस्या हुने गर्दछ ।

    उक्त क्षेत्रको खेतीयोग्य जमीनमा कृषि चुन र जैविक मलका प्रयोगलाई बढाउनुपर्ने पृथ्वीनारायण क्याम्पस पोखरा रसायन शास्त्र विभागका प्रमुख प्राध्यापक डा एडी मिश्रको सुझाव छ । ‘माटोको नमूना परीक्षणले अम्लीयपनको मात्र बढी देखिन्छ’, उनले भने,‘व्यावसायिक उत्पादनका लागि माटो सुधार गर्नुपर्ने सुझाव छ ।’ स्थानीय तहको समन्वयमा मोटो, बोटबिरुवा, खनिज, ढुङ्गा, पहाडी चट्टान, दूध, तेल, पानीको विषयमा पनि अनुसन्धान गर्न उनले आग्रह गर्नुभयो ।

    धौलागिरि बहुमुखी क्याम्पसले विज्ञान विषयमा स्नातक तह कक्ष सञ्चालन गरेपछि पहिलो पटक ‘रिसर्च बेस’ अध्ययन भएको क्याम्पस प्रमुख प्राध्यापक डा रामप्रसाद उपाध्याले बताए । ‘सीमित स्रोत साधनकाबीच पहिलो पटक सैद्धान्तिक ज्ञानलाई व्यावहारिक बनाउने कोशिस भएको छ’ उनले भने,‘स्थानीय तहले सहयोग गरेको खण्डमा अन्य क्षेत्रमा पनि अनुसन्धान गर्न सकिन्छ ।’ रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित