FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • च्याउ खेती गर्दे आएका किसानलाई सरकारले वेवास्ता गरेकोे गुनासो

    • कृषि टि.भी.
    • २ साल अघि
    • २८ पटक पढिएको
    च्याउ खेती गर्दे आएका किसानलाई सरकारले वेवास्ता गरेकोे गुनासो

    थोरै सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि ‌ किसान च्याउ खेतीमा आकर्षित भएका छन्। च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ। खेती गर्नलाई धेरै ठुलो ठाँउ पनि नचाहिने तथा बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो।

    ब्यबसायिक रुपमा च्याउ खेति गर्दै आएका सन्तोष नेपाल प्रदेश १ कै सफल च्याउ किसान मानिन्छन। मोरंग बुढीगङ्गा गाउँपालिका (७ बरमनिया घर भएका नेपाल यहि ब्यबसाय बाट राम्रो लाभ लिन सफल भएका छन्। ११ जना सदस्य भएको एक परिवार कृषि मै निर्भर छन्।

    २०७० साल देखि सुरु च्याउ उत्पादन गर्न थालेका नेपालले दैनिक सरदार २ सय किलो च्याउ उत्पादन हुने गर्दछ। सुन्दरहरैंचा नगरपालिकाको वडा (४ दुलारीमा च्याउको बिउ उत्पादन गर्ने उधोग समेत स्थापना गरेर बिभिन्न जिल्लामा पुर्याउने गरेका छन्।

    तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त पोषक तत्व पाइने च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ ।

    छिटो खेतिको रुपमा लिएको च्याउ २८ दिनमै उत्पादन हुन्छ। उनले नियमित रुपमा उधोग र कृषि फर्म गरि १६ जनालाई रोजगारी समेत दिएका छन्। कह्र्च कटाएर बार्षिक १५ देखि २० लाख बचत समेत गर्ने गरेको बताउछन। उनि भन्छन च्याउ खेति गरेर खाडीमुलुक जानु नपर्ने बताउछन।

    अर्को तर्फ भने कृषि क्षेत्रमा सरकारले अनुदानका कार्यक्रम ल्याए पनि यस्ता बास्तबिक ब्यबसायिक किसानलाई अझै प्रोत्साहन गर्न सकेको छैन। उनको जेठो छोरा सरोज नेपालको गुनासो छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित