FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • लुम्बिनी प्रदेशमा खोरेत रोग उन्मुलन अभियान सुरु

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३४ पटक पढिएको
    लुम्बिनी प्रदेशमा खोरेत रोग उन्मुलन अभियान सुरु

    लुम्बिनी प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्र्तगतको पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयले प्रदेशमा खारेत रोग उन्मुल अभियानको सुरुवात गरेको छ । अभियान अन्र्तगत पहिलो चरणमा २ लाख पशु चौपायहरुमा खोरेतको खोप लगाउने अभियान नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाबाट सुरु भएको छ ।
    निर्देशनालयको आयोजानमा औपचारिक कार्यक्रमा गरी अभियानको सुरुवात गरिएको हो । बर्दघाट नगरपालिका वडा नम्बर १४ चौपतामा पालिएका गाईमा खोप लगाएर अभियानको थालनी गरिएको हो । खोप लगाउनको लागि खटिएका पशु सेवा प्राविधिकहरुलाई भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले खोप, किट वितरण गर्दै अभियानको सुरुवात गरेकी हुन ।

    अभियानको सुरुवात गर्र्दै मन्त्री पौडेलले पशु चौपायमा डरलाग्दो समस्याको रुपमा रहेको खारेत रोग उन्मुलनको अभियानमा सबैले साथ दिनुपर्ने बताईन । उनले सबैको साथ भएमा देशबाट नै खारेत उन्मुलन गर्न सकिने भन्दै यसको लागि लुम्बिनी प्रदेश संगै देश व्यापी अभियान संगै छिमेकी देशमा समेत अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताईन ।

    कार्यक्रममा बोल्दै पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुलसीराम भण्डारीले पहिलो चरणमा नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाबाट सुरुवात भएको अभियान बर्दिया सम्म पुग्ने जानकारी दिए । उनले पहिलो चरणमा कुल २ लाख ८० हजार थान खोप लगाउने योजना रहेको भन्दै बढि संभावित प्रदेशका ६ जिल्लाहरुमा यो अभियान जारी रहने जानकारी दिए । उनले भने–‘पहिलो चरणमा हामीले २ लाख ६ हजार खोप लगाउछौं, अर्को चरणमा कुल १२ लाख खोप आउने शुनिश्चित भएको छ, यो अभियान परासी देखि बर्दिया सम्म पुग्ने छ । ’

    केही खोप लाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा स्टकमा राखी यदि कुनै स्थानमा खोरेत देखिएमा ‘रिङ्ग भेक्सीन’को रुपमा उक्त स्थानबाट अन्य स्थानमा सर्न नपाउने गरी पनि खोप लगाउने कार्यक्रम राखिएको निर्देशक भण्डारीको भनाई छ ।

    कार्यक्रममा बर्दघाट नगरपालिकाका उप प्रमुख मायादेवी पौडेलले नगरपालिकामा कृषि संकलन केन्द्र निर्माणको लागि मन्त्रालयले साथ सहयोग दिनुपर्ने बताईन । उनले पुर्ण खोप अभियानमा समेत नगरपालिकाले पुर्णरुपमा साथ र सहयोग गर्ने भन्दै नगरपालिकाबाट खटिएका कर्मचारीहरु लाई नियम पुर्वक खोप लगाउनको लागि आग्रह समेत गरिन ।

    कार्यक्रममा निर्देहशनलायका बरिष्ठ पशु चिकित्सक हरि बहादुर कँुवर, मन्त्रालयको पशुपंक्षि विकास महाशाखा प्रमुख देविराम मरासिनी, भेटेनरि अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भैरहवाका प्रमुख डा. परवेज आलम, भेटेनरी अस्पताल तथत पशु सेवा विज्ञ केन्द्र का पशु चिकित्सक डा. भरत काफ्ले, सुर्याेदय सहकारीका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिना लगायतको सहभागीता रहेको थियो । संघीय सरकारबाट अनुदानको रुपमा प्राप्त भ्याक्सीनको लगाउने व्यवस्थापन खर्च भने निर्देशनालयले गर्ने छ । जसको लागि ९० जना पाराभेटहरु परिचालन हुदै छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित