- Loading...
स्याङ्जामा उखु पेल्ने परम्परागत प्रविधि कोल लोप हुँदै
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


परम्परागत प्रविधिमा आधारित उखु पेल्ने कोल अहिले लोप हुँदै गएका छन् । प्रविधिको विकाससँगै ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा उखु पेल्ने आधुनिक मेसिनको प्रयोग हुन थालेपछि परम्परागत कोल लोप हुँदै गएका छन् ।

बढ्दो आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत प्रविधिहरु प्रयोगविहीन बन्दै गएका छन् । उखु उत्पादनमा आत्मनिर्भर मानिएको स्याङ्जा जिल्लामा विगतमा उखु पेल्न परम्परागत प्रविधिको प्रयोग गरिन्थ्यो । उखु पेल्नको लागि कोलको प्रयोग हुन्थ्यो । तर, अहिले उखु खेती गर्ने कृषकको संख्या पनि घट्दै गएको छ भने उखु पेल्न प्रयोग गरिने परम्परागत प्रविधि कोलको प्रयोग पनि लोप हुँदै गएको छ । उखु पेल्न मेसिनको प्रयोग बढ्न थालेपछि कोलको प्रयोग घट्दै गएको हो ।
विगतमा एउटा गाउँमा एक कोल मात्र हुँदा हिउँदयामका फुर्सदिला दिनहरुमा गाउँभरिका किसानहरुले पालैपाले गरेर उखु पेल्ने चलन थियो । तर, आजभोलि कोलको प्रयोग पनि विस्तार लोपहुँदै छ भने जलबायु परिवतर्नसँगै उब्जनी कम तथा बजारमा सजिलै उखु पेल्न सकिने मेसिनको प्रयोग बढ्दै जाँदा कोलको प्रयोग हराउँदै गएको हो । स्याङजा जिल्लामा सयौं सङ्यामा रहेका यस्ता कोल अहिले अधिकांश लोप भइसकेका छन् । यातयातको सुविधा नभएका कुनै कुनै ठाउँमा विगतका बर्षहरुमा फाटफुट प्रयोगमा देखिएका कोल पनि अहिले प्रयोग भएको पाइदैन । कोलमा उखु पेल्नका लागि बढी जनशक्तिसँगै शारीरिक श्रम र समय बढी लाग्ने गर्दछ ।
करिब दुई दशक अगाडि सम्म चलनचल्तीमा आएका यी घरेलु सामग्री अहिले गाउँमा देख्नै मुस्किल हुन्छ । आधुनिक मेसिनको बढ्दो प्रयोग र विकासले गर्दा यस्ता सामग्रीको प्रयोग घटेको हो । भने, परम्परागत प्रविधिको संरक्षणमा वेवाास्ता गर्दा लोप हुँदै गएको छ । समयसापेक्ष बढ्दो आधुनिकताले परम्परागतरुपमा प्रयोगमा आएका ढिकी, जाँतो समेत लोप हुन थालेका छन् ।

