
- Loading...
थारु समुदायमा अझैपनि कृषि प्रविधिको पुगेन पहुँच
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


थारु समुदाय परम्परागत कृषिमा निर्भर भएपनि ब्यबसायिक कृषक बन्न अझै सकेको छैन भने हुनेखाने अनुदान पाउँदा स्थानिय तहको कृषि कार्यक्रममा अझै पहुच पुग्न सकेको छैन।

थारुहरु परम्परा देखि नै कृषि पेशामा आधारित रहे पनि अझै आधुनिक र प्राबिधिक ज्ञानको अभावमा नै अडकिएको छन्। गोरुबाट हल्लो जोत्ने परमपरा र खामारी राखेर गोरुबाटै दाई गर्ने परम्परा शैली हटेर ट्राक्टर र थ्रेसरको प्रयोग गरे पनि अधिकाश किसान पुरानै शैलीमा खेति गरिरहेका छन्।
पहिले बिघौ बिघा खेति भएका पूर्वका थारु किसानहरु गोबर मलको प्रयोग गर्दथियो तर आधुनिक खेति तिर युरिया डिएपी र अन्य किटनाशक औसधि छर्न थालेपछि माटो उर्वराशक्ति समेत नाश हुदै गएको छ। थारु समुदायमा अहिले पनि कृषिमा आधारित रहेपनि ब्यबसायिक खेति तर्फ थोरै नै छन्।
आधुनिक खेति प्रणालीको बिकास गर्न र थारु समुदायले ब्यबसायिक कृषिमा अगाडी बढ्न थारु समुदायको जेठो संस्था थारु कल्याणकारिणी सभा जिल्ला कार्य समिति मोरंगले बनभोज कार्यक्रम संगै थारु बिज्ञ कृषकसंग अन्तरक्रिया कार्यक्रम समेत गरेको छ।
बुढीगंगा गाउँपालिका ७ मा रहेको तबदार एग्रिकल्चर फर्ममा भएको उक्त कार्यक्रममा झापा, मोरंग सुनसरीबाट सहभागी गराएर कृषि क्षेत्रमा थारु समुदायले खेलेको भूमिका समेत चर्चा गरेको थियो। सुन्दरहरैंचा नगरपालिका वडा (२ का अध्यक्ष डोरिलाल चौधरीले नेपाल सरकारले अनुदानका कार्यक्रम कृषि क्षेत्रको लागि ल्याएपनि स्थानिय तह सम्म अझै उनीहरुको पहुँच पुग्न सकेको छैन बताउनुहुन्छ।
कोरोनाका कहर पछि थारु समुदायले पर्वहरु खुलेर मनाउन नपाए पनि यो कार्यक्रमले भेटघाट र कृषक सम्म अन्तरक्रिया कार्यक्रमले जागरूप गराएपनि थारु समुदायकै बाहुल्यता भएका स्थानिय तहमा समेत कानुनि प्रक्रियागत ज्ञान नहुँदा अनुदानका कार्यक्रममा सहभागि हुन् पाएका छैन। थारु कल्याणकारिणी सभा मोरंगका अध्यक्ष प्रदिप भगतले थारु कृषकलाई कृषि बिज्ञसंग तालिम दिने बताउछन।
पहिले देखि थारुहरु कृषिमै निर्भर भएपनि ब्यबसायिक बन्न सकिरहेको छैन। थारु समुदाय कृषिमा अगाडी बढ्न सके राज्यलाई समेत आर्थिक टेवा पुग्ने प्रदेश १ का सांसद चुमनारायण तबदार बताउनुहुन्छ।
कृषि क्षेत्रमा थारु समुदायको घनिष्टता समबध रहेपनि राज्यसमम्म कृषि क्षेत्रमा पुग्न सकेको छैन। कृषि शिक्षा प्रणालीको बिकास र प्राबिधिक कृषि ज्ञान नभए सम्म ब्यबसायिक बन्न सकिदैन यसको गालि यस्ता किसिमको तालिम र थाकसले स्थानिय निकाय, प्रदेस र संघिय सरकार संग सहकार्य गरी कृषि प्राबिधिक तालिम दिन र लिन जरुरि छ। सामुहिक खेति प्रणालीको समेत बिकास हुन् सक्ने हो भने ब्यबसायिक किसान संगै राज्यलाई समेत मदत पुग्ने छ नभए पहुँच हुनेवालाले मात्र अनुदान पाउने निमुखा किसानले बिउ र मलकै लागि घन्टौ लाइन बस्नु पर्नु बाध्यता फेरी दोहोरिरहन नसक्ला भन्न सकिन। यसको लागि स्थानिय तह देखि माथिल्लो निकाय सम्म थाकसले बिभिन्न कार्यक्रम मार्फत आँखा खोल्न जरुरी छ।

