FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • छाडा पशु चौपाय व्यवस्थापन गर्न कार्यविधि

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    छाडा पशु चौपाय व्यवस्थापन गर्न कार्यविधि

    केन्द्रीय पशुपक्षी पालन सहकारी संघ नेपालले पशुपालन पयिरयोजना तथा पशु पुनस्थापना स्याहार केन्द्र संचालन कार्यविधि २०७६ ल्याएको छ । मंगलबार केन्द्रीय पशुपन्छी पालन सहकारी नेपालले अयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय किसान अयोगकी सदस्य मीना तामाङले कार्यविधि साना किसानहरुसँग छलफल गरेरमात्र कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले कृषिलाई थप आधुनिकीकरण गर्दै लैजानु आजको आवश्यकता भएको बताउनुभयो ।

    कार्यक्रममा केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष बाबुराम अधिकारीले कृषिमा बैदेशिक लगानी भित्राउन नहुने तर्क गर्नुभयो । उहाँले पशुपक्षी क्षेत्रमा अहिलेको ठूलो चुनौती रहेको अनुत्पादक तथा बुढा गाईगोरु, सांढे र माउको दुधकटुवा बाच्छाबाच्छिको व्यवस्थापन गर्न कार्यविधि ल्याइएको बताउनुभयो ।

    अधिकारीले कृषि क्षेत्रमा आत्मनिर्भरमा बन्न पशुपक्षी क्षेत्रमा धेरै सम्भावना हुँदाहुँदै पनि अनुपयोगी गाई वस्तुहरूको व्यवस्थापन, कृषि बीमा, सहुलियत अनुदान, नीति निर्माण लगाएत धेरै चुनौती रहेको बताउनुभयो । कार्यक्रममा उपस्थित अन्य व्यक्तित्वहरुले सहजै कृषि लोन लिने वातावरण सरकारले बनाउनुपर्ने बताएका थिए । उनीहरुले कृषि अनुदानबाट वास्तविक किसान बञ्चित भएकोतर्फ सम्बन्धीत निकायको ध्यानकर्षण समेत गराएका थिए । पशुपन्छी पालन सहकारी नेपालले पशुपालन व्यवसायको महत्व, वर्तमान अवस्था, सम्भावना, चुनौती र बजारीकरण विषयमा अन्र्तक्रिया कार्यत्रम अयोजना गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित