- Loading...
‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्रालयले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको हो । माघ ११ गतेको मन्त्रिपरिषद्को बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको मन्त्रालयले जनाएको छ । कार्यविधि खारेज भएपछि दिगो वन व्यवस्थापन अन्तर्गत कतैपनि हरियो वन सखाप नहुनेगरी कार्ययोजना बनाएर जाने तयारी मन्त्रालयले गरिरहेको मन्त्री प्रेमबहादु आलेले बताउनुभयो । वैज्ञानिक वन कार्यक्रम खारेज भएपछि काठदाउरा कटान मुछान, विक्री वितरण तथा ओसार पसार सम्बन्धमा प्रदेश वन निर्देशनालय मार्फत अनुगमन गरी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन बुझाई अनियमितता भएको पाइए संलग्नलाई कानून अनुरुप कारबाही गरिने बताइएको छ ।


