FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानको करोडौं भुक्तानी नदिने चिनी उद्योगी राकेश अग्रवाल पक्राउ

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    किसानको करोडौं भुक्तानी नदिने चिनी उद्योगी राकेश अग्रवाल पक्राउ

    उखु किसानको करोडौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा चिनी उद्योगी राकेश अग्रवाल पक्राउ परेका छन् । इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक रहेका अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले त्रिपुरेश्वरस्थित अग्रवालकै घरबाट बुधबार बेलुका पक्राउ गरेको हो । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेर परेको छ । गत ३० मंङसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगीलाई पक्राउ गरी रकम असुली गर्न गृह मन्त्रालयले निर्देशन दिएको थियो । अग्रवाल उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा २०७५ कात्तिकमा पनि पक्राउ परेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित