- Loading...
चौँरी र भेडा प्रवद्र्धन गर्दै सिदिङ्वा
- कृषि टि.भी.
- २ साल अघि
- २५ पटक पढिएको


सिदिङ्वा गाउँपालिकाले चौँरी र भेडा प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसका लागि गाउँपालिकाले पशु व्यवसायीहरुलाई अनुदान सहित बीमाको व्यवस्था गर्दै आएको कृषि शाखा प्रमुख विकास थेबेले जानकारी दिए । शाखा प्रमुख थेबेका अनुसार सङ्घीय सरकाले भेडीगोठ प्रवद्र्धन कार्यक्रम अन्तर्गत रु ८० लाख विनियोजन गरेको छ ।

व्यवसायिक भेडापालक कृषकलाई ८० प्रतिशत अनुदान दिने गाउँपालिकाले कार्य योजना बनाएको छ । यसका लागि ४० माउभेडा अनिवार्य हुनुपर्ने प्रावधान बनाइएको छ । भेडाको ऊनबाट तयार भएको राडीपाखी, कोट तथा विभिन्न सजावटका सामग्री तयारी गरी प्रवद्र्धन योजना गाउँपालिकाले बनाएको छ ।
गत वर्ष रु २० लाखको पशु बीमा कार्यक्रम सञ्चलान गरिएको गाउँपालिकाका लेखा अधिकृत वीरेन्द्र सिग्देलले जानकारी दिए । बीमा शुल्क रु एक हजार १०० को प्रति पशु बीमा शुल्क गाउँपालिकाले तिर्र दिई पशुको बीमा गरेको छ ।
अहिलेसम्ममा सात बीमा भुक्तानी भइसकेको र केही प्रक्रियामा रहेको कृषि शाखाले जनाएको छ । गाउँपालिकामा छ भेडाफार्म र सात चौँरी फार्म दर्ता भएका छन् । रासस

