FLASH NEWS
- Loading...
कलंकीमा पनि कृषि बजार
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


कलंकीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ । कृषकको प्रत्यक्ष स्टल रहनेगरी तरकारी बजार सञ्चालनमा आएको हो । स्थानिय कृषक र विदेशीबाट फर्किएका युवालाई उक्त बजारमा समावेश गरिएको छ । बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार उद्घाटन गर्नू भएको छ।

बजारमा हाल १ सय १५ वटा स्टल रहेका छन् । कुल स्टलमध्ये ६० प्रतिशत किसानको स्टल रहेको छ । बजारमा ‘किसानसँगै वैदेशिक रोजगारबाट फेर्कका र पर्यटन क्षेत्रमा काम गर्ने व्यक्तिको पनि लगानी छ रहेको छ । किसानको बारीबाट सिधै उपभोक्त्तालाई बिक्री गर्ने हुदा अन्य बजारको तुलनामा धेरै सस्तो रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
