FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

    • कृषि टि.भी.
    • २ साल अघि
    • १८ पटक पढिएको
    असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

    |ahf/ If]qdf 5f8f 5fl8Psf rf}kfof Joj:yfkgsf] dfu ub}{ s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsfsf :yfgLo afl;Gbf rf}kfof ;lxt gu/kflnsf sfof{no tk{m hfFb} . t:jL/ M /fh]Gb|k|;fb kg]?, s~rgk'/, /f;;

    जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ ।

    अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय गाईबाच्छालाई रु पाँच हजार सहयोग गरेका छन् ।

    असहाय गाईबाच्छा संरक्षण अभियानमा सबैको सहयोग हुनुपर्ने लागेर आफू संरक्षण स्थल पुगी थोरै भएपनि सहयोग गरेको उनले सुनाए । गोकर्णेश्वर नगरपालिका–४ मा बसोवास गर्ने नेपाल मेडिकल कलेज, जोरपाटी कर्मचारी युनियनका अध्यक्ष किरण केसीले पनि जन्मदिनको अवसरमा गाईबाच्छालाई खुवाउन खाद्यान्नको लागि नगद रु पाँच हजार सहयोग गरे ।

    उनीहरु मात्र होइन, आजभोलि जन्मदिनका अवसरमा असहाय गाईबाच्छालाई सहयोग गर्नेको भीड लाग्ने गरेको छ । काँठ क्षेत्रमा गाई पाल्नेले बाच्छा जन्मिएको एक महिना पनि नबित्दै सडक, मठमन्दिर, सार्वजनिकस्थल, नदी किनारलगायत स्थानमा लगी छोड्ने गरेका छन् ।

    गाई पनि बुढा भएपछि यसैगरी छाडिने गरेको छ । संविधानमा राष्ट्रिय जनावरको मान्यता दिइएको गाईको यो अवस्था हुँदा पनि सरोकारवाला निकाय मौन रहेकाले नागरिकस्तरबाट अभियान शुरु गरिएको संयोजक उत्तम पुडासैनीले जानकारी दिए ।

    अभियानले हाल २०० असहाय गाईबाच्छाको संरक्षण गरिरहेको छ । घाइते, असहाय र अशक्त गाईबाच्छा उठाउन एम्बुलेन्सको समेत व्यवस्था भएकाले अभियानलाई काममा सहज भएको जनाइएको छ । त्यस्ता गाईबाच्छालाई उपचार गर्दै खाना र ओतको व्यवस्था गरिएको छ ।

    राजधानीमा मात्र नभई मुख्य–मुख्य शहर एवं भारतसँग सीमा जोडिएका जिल्लामा पनि असहाय गाईबाच्छाको सङ्ख्या सडकमा बढेको देखिएकाले सरोकारवाला निकायको ध्यान जानुपर्ने संरक्षण अभियानकर्मीको माग छ । स्थानीय सरकारले गाईपालक किसानको सूची तयार गगरी बाच्छा जन्मिएको अभिलेख राख्ने व्यवस्था गरेर नियमित अनुगमन गरे यो समस्या कम हुनेछ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित