FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्डफ्लु रोग नियन्त्रणका लागि सरकारले बनायो ‘र्यापिड रेस्पोन्स टीम’

    • कृषि टि.भी.
    • २ साल अघि
    • ३० पटक पढिएको
    बर्डफ्लु रोग नियन्त्रणका लागि सरकारले बनायो ‘र्यापिड रेस्पोन्स टीम’

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको जनाएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘¥यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क अवस्थामा राखेको मन्त्रालय जनाएको हो । काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको पनि जनाएको छ ।

    मन्त्रालयका अनुसार कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल ¥यापिड रेस्पोन्स टिमले कुखुरा नष्ट गर्ने छ । नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि मन्त्रालयले जनाएको छ । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेकाले विगतमा देखिए एच फाइभ एन वान भन्दा कम खतरा रहेको बताइएको छ । तर, एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेकाले त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइरहेको मन्त्रालयले जनाइएको छ । कुखुरा फार्म तथा मासु पसलमा काम गर्दा मास्क लगाउने, केस छोप्ने, बुट लगाउने, एप्रोन लगाउने, फार्मलाई डिसइन्फेक्ट गर्ने, बाहिरी मान्छे र अन्य चराचुरुङ्गी तथा जनावरलाई जान नदिने किसिमको सतर्कता अपनाउन समेत भनेको छ ।

    त्यस्तै, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पंक्षीको मासु तथा अण्डालाई राम्रोसँग पकाएर मात्र खान आग्रह गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका सांलेखोलामा बर्डफ्लु पुष्टि भएसँगै महाशाखाले पशुजन्य उत्पादन राम्रोसँग पकाएर खान आग्रह गरेको हो । साथै, मानिसहरुको स्वास्थ्यमा समस्या देखिए तुरुन्त खबर गर्न अनुरोध पनि गरेको छ । यो भाइरसले मानव स्वास्थ्यमा समेत जोखिम पु¥याउने भएकाले महाशाखाले सो क्षेत्रका पंक्षीहरूसँग सम्पर्कमा आएका व्यक्तिलाई ज्वरो वा रुघाखोकीका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी, महाशाखाले सो स्थान वा वरपर कुनै पनि पंक्षीको शंकास्पद मृत्यु भएमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न, पंक्षीहरुसँग काम गर्नुपरेमा आवश्यक व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउन पनि अनुरोध गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित