FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मिस्टर एण्ड मिस थारुः तेस्रो संस्करणको अडिसन घोषणा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    मिस्टर एण्ड मिस थारुः तेस्रो संस्करणको अडिसन घोषणा

    तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को अडिसन यही माघ २४ गतेदेखि हुने भएको छ । वाइएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको देशका विभिन्न शहरहरुमा एकसाथ अडिसन हुँदैछ ।

    आयोजकले आज ९सोमबार० काठमाडौंमा पत्रकार सम्मेलन गरी अडिसनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ । जह इन्टरटेनमेन्टका प्रवन्ध निर्देशक सुरेश चौधरीले अडिसनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए । ‘अडिसनस्थलदेखि सहभागिहरुको तयारी पुरा भइसकेको छ, फागुन पहिलो सातासम्म अडिसनका सबै काम सकिन्छ’–प्रवन्ध निर्देशक चौधरीले भने ।

    अडिसनको पहिलोदिन माघ २४ गते चितवनको भरतपुरस्थित लाइम एण्ड लेमन लङज, विराटनगरको इनर्जी वल्र्ड जिम एण्ड फिटनेस सेन्टर र नेपालगञ्जको स्वस्तिक कटेज एण्ड गार्डेन रिसोर्टमा अडिसन हुनेछ । यस्तै माघ २८ गते सुनसरीको झुम्कास्थित सोउल म्युजिक प्रोडक्सन, सिराहाको लहानस्थित अर्किड क्याफे, पर्साको वीरगञ्जस्थित होटल ओम रेसिडेन्सी रेष्टुरेन्ट एण्ड बार र कैलालीको धनगढीस्थित थारु छात्रवासमा अडिसन हुने आयोजकले जनाएको छ ।

    त्यसैगरि फागुन १ गते काठमाडौंको अनामनगरस्थित युनियन हाउस, रुपन्देहीको बुटवलस्थित होटल द बुटवल भ्यू र दाङको घोराहीस्थित कविला रिसोर्टमा अडिसन हुने प्रवन्ध निर्देशक चौधरीले बताए । अडिसन पश्चात छनौट भएका प्रतिस्पर्धीहरुको काठमाडौंमा प्रशिक्षण गरिने छ । उनीहरुलाई २५ दिनसम्म विभिन्न विधामा रहेर प्रशिक्षण दिइने इभेन्ट डाइरेक्टर रुपेश चौधरीले जानकारी दिए ।

    प्रतियोगिताको फाइनल चितवनको सौराहामा चैत ७ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० हजार, सेकेण्ड रनरअपले २० हजार र विभिन्न उपहारहरु प्राप्त गर्ने इभेन्ट म्यानेजर सुदिप चौधरीले जानकारी दिए ।

    पहिलो र दोस्रो संस्करणको सफलतापश्चात आयोजकले कोभिडका कारण ढिला गरी प्रतियोगिता आयोजना गर्न लागेको हो । पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट मेन्टर निश्मा चौधरीले यस प्रतियोगिताले युवायुवतीहरुलाई व्यक्तित्व विकासमा टेवा पुर्याउनुको साथै कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताइन् । उनले मिस्टर एण्ड मिस थारु सिजन १ र २ मा कोरियोग्राफीको भूमिका निर्वाह गरेकी थिइन् ।

    नेपालको जनसंख्या मध्ये चौथो स्थानमा रहेको थारु समुदाय विशेषगरि देशको तराई क्षेत्रमा आदिमकालदेखि स्थायी रुपमा बसोबास गर्दै आइरहेको छ । यही समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरु सन् २०१७ देखि यस प्रतियोगिताको सुरुवात गरेका हुन् ।

    यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएकी थिइन् भने दोस्रो संस्करणको मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित