- Loading...
मापदण्ड बनाइर मात्र कृषिमा बैदेशिक लगानी भित्राउँछौं–मन्त्री आर्याल
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मापदण्ड बनाइर मात्र कृषिमा बैदेशिक लगानी भित्राइने बताउनुभएको छ । मंगलबार नेपाल चेम्वर आफ कमर्सले काठमाडौंमा आयोजना गरेको नेपाालमा व्यवसायिक कृषि विकासका सम्भावना र चूनौति बिषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री अर्यालले कृषिको व्यवसायीकरण गर्न र उत्पादन बढाउनका साथै यस क्षेत्रलाई आत्मनिर्भर र समृद्धि बनाउन कृषिमा बैदेशिक लगानी भित्राउन लागिएको बताउनुभयो ।

उहाले कृषि क्षेत्रमा ५० करोड भन्दा बढि लगानी गर्ने उद्योगहरुलाई मात्र भित्राउने तथा नेपालमा उत्पादित बस्तुमध्ये ७५ प्रतिशत निर्यात र २५ प्रतिशत स्थानीय बजारमा उपभोग गर्न पाउने प्रावधान बनाइने जानकारी दिनुभयो ।
उहाले कृषिमा बैदेशिक लगानी भित्राउदा डराउनुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो । उहाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सरकारको एक्लो परियोजना भएको भन्दै यसले कृषिको व्यवसायीकरण र यान्त्रीकरणको परिकल्पना गरेको उल्लेख गर्नुभयो । ठूलो स्केलमाा उत्पादन र यान्त्रीकरणमा सरकारको जोड रहेको भन्दै मन्त्री अर्यालले यसमा नीजि क्षेत्रसंगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
त्यस्तै चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कृषिमा अर्गानिक क्षेत्र घोषणा गर्नुपर्ने सुझाव दिनुभयो । उहाले कृषि क्षेत्रको बिकासका लागि नीजि क्षेत्र सरकारसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले नेपालमा कृषि क्षेत्रको सम्भावनालाई मध्यनजर गर्दै आवश्यक नीति नियम तर्जुमा गर्न सरकारको ध्यानाकर्षणा गराएका थिए ।

