FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • संकलन केन्द्रको अभाव भएसंगै वर्दियाका पर्वर खेति गर्ने किसान चिन्तित

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    संकलन केन्द्रको अभाव भएसंगै वर्दियाका पर्वर खेति गर्ने किसान चिन्तित

    शिवा शार्मा, बर्दिया । संकलन केन्द्रको अभावमा वर्दियाका पर्वर खेति गर्ने किसानहरु समस्यामा परेका छन् । संकलन केन्द्र पूनः सञ्चालनका लागि नियमन निकायको वेवास्ताका कारण उनीहरु समस्यामा परेका हुन् ।

    बर्दिया जिल्लाको गुलरिया नगरपालिकाका खालेपुर, टेपरी, मथुरा, कालाबन्जर र रत्नापुरलाई पर्वर खेतिको पकेट क्षेत्रको रुपमा चिनिन्छ । यहाँका अधिकांस किसानहरु परवर खेतिबाट नै जीवन गुजारा गरिरहेका छन् । विगतमा यहाँका ८५ हेक्टर क्षेत्रफलमा यो खेति विस्तार गरिएको थियो । तर, संकलन केन्द्र अहिले वन्द भएपछि उनीहरु समस्यामा परेका छन् ।

    तत्कालिन जिल्ला कृषि विकास कार्यालय बर्दियाले ०६२ सालमा गुलरियालाई पर्वर खेतिको लागि पकेट क्षेत्रको रुपमा घोषण गरिएको थियो । किसानले उत्पादन गरेको परवर सझिलै संकलन केन्द्रमा जम्मा हुनेभएपछि व्यापारी र किसान दुवै उत्साहित थिए । तर, उत्पादन गरेको परवरको समर्थन मुल्य तोक्न नसक्दा व्यापारीहरु समेत नोक्सानीमा परेपछि उद्योग संकटमा परेको हो ।

    किसान र व्यापारी दुवै नोक्सानमा जानेभएपछि पर्वर संकलन केन्द्र ०७२ यता बन्द अवस्थामा छ । केन्द्र नियमित सञ्चालनमा रहँदा यहाँको परवर कालिमाटि देखि भारतका तरकारी बजारहरुमा पुग्थे । स्थानीय तहले स्थानीय सरकार पाएको लामो समय वितिसकेको छ । तर, संकलन केन्द्र पूनः सञ्चालनका लागि स्थानीय सरकारको कुनै चासो छैन ।

    पर्वर कम लगानीमा धेरै आम्दानी हुने तरकारी बाली हो । तर, संकलन केन्द्र र बजारीकरणको समस्याका कारण बर्दियाका किसान यो पेशा बाट नै पलाएन हुन थालेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित