FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बेसारको पातबाट तेल

    • कृषि टि.भी.
    • २ साल अघि
    • २७ पटक पढिएको
    बेसारको पातबाट तेल

    बर्दिया एक युवाले गाँउ घरमा खेर गइरहेको कलप्टीस र बेसारको पातबाट तेल निकाल्ने प्रविधि भित्राएका छन्। खेर गइरहेको कलप्टीस र बेसार सदुपयोग गरि उनले नयाँ प्रविधि अपनाएर सबैलाई चकित पारिदिएका छन् ।

    बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा न.१० रत्नापुर निवासी २४ वर्षिय पवन कुमार बर्माले भारतको उत्तरप्रदेश राज्यको अयोध्या जिल्लामा अवस्थित राममनोहर लोईया कलेजबाट बि.एसी .एजी ,एम.एसि.एजी अध्ययन पुरा गरे। अध्यन सकिए पछि आफ्नै गाउ,ठाउँ फर्किएर नयाँ प्रविधि अपनाएर अहिले उनि पृथक ब्यवसाय संचालन गरिरहेका छन् । उनले बर्मा कृषि तथा पशुपन्छी फर्मको स्थापना गरी ४ लाख रुपैया लगानीमा गाँउ घरमा खेरफलीने कलप्टीसको पात र बेसारको पातलाई बोईल गरेर तेल निकाल्ने प्रविधि भित्राएका छन्। खेर गइरहेको कलप्टीस र बेसार सदुपयोग गरि तेल निकालेर उनले सबैलाई चकित पारिदिएका छन्। स्वस्थलाई फाइदा गर्ने कल्पटीसको पातबाट निस्केको तेल १५ सय रुयैया के.जीमा बेच्ने गर्नेको उनि बताउछन् ।

    नयाँ र नबिनतम प्रबिधि अपनाएर उनले सुरु गरेको कामको सबैले प्रसंशा गरेको उनि बताउछन्। उनि आफै स्वरोजगार भएका त छदै छन् ४ जना बेरोजगार यूवाहरुलाई समेत उनले रोजगारी दिएका छन । कृषिमा केहि गर्ने अठोटका साथ काम गर्दै आएका बर्माले तेल उत्पादन संगसंगै गोबरे च्याँउ पनि उत्पादन गरी बिक्र गर्ने गर्छन । बजारको कुनै समस्या नरहेको र आफ्नै फर्मबाट प्रति के.जी २ सय ५० रुपैयामा बेच्ने गरेको उनि बताउछन् ।

    पवन कामदारहरुको साथ आफु पनि व्यवासायमा खटिने गर्छन। ४ लाख लगानीबाट सुरु गरेको ब्यवसाय अहिले निकै फस्टाएको छ। उनि वार्षिक ४ लाख रुयिया सम्म आम्दानी गरिरहेका छन्। स्वदेशमै कृषि क्षेत्रमा धेरै संम्भावनाहरु भएकोले विदेशी भूमिमा रगत, पसिना बगाउँनु भन्दा आफनै देशमा काम गरेर राम्रो आम्दानी गर्न सकिन्छ। थोरै पैसाको लागि विदेशी भूमिमा आफ्नो समय र परिश्रम खेर फाल्नु भन्दा आफ्नै देशको माटोमा सुन फलाउन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित