- Loading...
कृषिमा बैदेशीक लागनी भित्राउने विषयमा राष्ट्रिय सभाको आश्वासन समितिमा छलफल
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृषि क्षेत्रमा बिदेशी लगानी भित्राउदा साना उद्योगी र किसानहरुलाई समस्या नहुने स्पष्ट पारेको छ । सिंहदरबारमा राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले कृषि क्षेत्रमा भित्राउन लागिएको विदेशी लगानीले नेपालको उद्योगीहरुलाई विस्थापित नगर्ने बताउनुभयो । उहाले कृषिमा विदेशी लगानी साना तथा मझौला उद्योगमा नभई ठुला उद्योगमा भित्रयाउन लागिएको बताउनुभयो । ५० करोड भन्दा बढी लगानी गर्ने गरि विदेशी लगानी भित्राउने उहाको भनाई छ । उहाले आफैँले उत्पादन गरेर ७५ प्रतिशत बढी निकासी गर्ने र २५ प्रतिशत स्थानीय बजारमा नै खपत गराउनुपर्ने प्रावधान पनि रहेको बताउनुभयो । अर्यालले कृषि क्षेत्रलाई अधिकतम सहुलियत दिन मन्त्रालयले हरसम्भव प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलले कृषि र पशुपन्छीको क्षेत्रको बिकासका लागि आवश्यक नीति कानून बनाएर किसानहरुको लगानी सुनिश्चित गर्ने प्रयास गरिएको जानकारी दिनुभयो । उहाले कृषिलाई आधुनिकिरण गरेर कृषिजन्य वस्तुलाई निकासीका लागी प्रोत्साहन गरिने बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले वैदेशिक लगानी भित्राउदा नेपालको लगानीलाई पनि सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए । उनीहरुले अहिलेको अवस्थामा देखिएको चूनौतीलाई मध्यनजर गर्दै कृषि क्षेत्रको बैदेशि लगानीका बारेमा निर्णय लिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बिभिन्न क्षेत्रका प्रतिनिधीहरुले कृषि क्षेत्रमा आवश्यक नीति नियम बनाउदा सम्बन्धीत निकायको राय लिनुपर्ने धारणा राखेका थिए । त्यस्तै उनीहरुले नेपाली किसान र उद्योगीहरुलाई असर नपर्ने गरि यस क्षेत्रमा लगानी भित्राउनुपर्ने सुझाव दिए । यता, नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहालले सरकारको आफ्नै नीति तथा कार्यक्रमभन्दा फरक कुरा आएकोले तुरुन्तै फिर्ता हुनु पर्ने बताउनुभयो । डेरी उद्योग संघका अध्यक्ष कुमार दाहाल आत्मर्नीभर भएको क्षेत्रमा विदेशी लगानी आवश्यक नरहेको बताउनु भएको थियो ।

