FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

    • कृषि टि.भी.
    • २ साल अघि
    • १४ पटक पढिएको
    हुम्ला पुग्यो टर्कीको च्यान्दुलर ओखर

    सिमकोट। दुई वर्षमै फल दिने च्यान्दुलर ओखर टर्कीबाट आइपुगेको छ । यो याममा हुम्लामा स्याउ, ओखर लगाउने समय भएकाले टर्कीबाट मगाइएको ओखर जिल्लामा आइपुगेको हो । ओखरका दाना गुणस्तरीय हुनुका साथै गुदीको मात्रा बढी हुने भएपछि किसान यो ओखर लगाउन आकर्षित भएपछि टर्कीबाट बिरुवाको बिक्रीवितरण गरिएको कृषि प्राविधिक सुन्दर रावतले बताए ।

    किसान व्यावसायिक रुपमा ओखर खेतीमा लागेपछि ओखरका बिरुवा विदेशबाट जिल्लामा भित्रिएको निजीस्तरका ओखरको बिरुवाको बिक्रीवितरण गर्दै आएका कृषि प्राविधिक रावतले जानकारी दिए । गत वर्षबाट हुम्लामा यो ओखर भित्रिन थालेको र गत वर्ष उक्त ओखरका बोट हुम्ला भित्रिएका थिए । उक्त ओखरले यस वर्ष फल दिनेछन् । छोटो अवधिमा फल दिने भएका कारण यस वर्ष मागअनुसार दुई हजार बिरुवा जिल्लामा पुगेर बिक्री भएको उहाँले बताउनुभयो । एक जना किसानले पचास बोटसम्म स्याउ बगँचामा लगाउने गरेका छन् ।

    प्रतिबोट रु एक हजारमा बिक्री हुनुका साथै च्यान्दुलर ओखर सिमकोट गाउँपालिकाले एक हजार बोट र अदानचुली गाउँपालिकाले ५०० बोट किनिसकेका छन् । बाँकी पाँच सय बोटको पनि अगुवा स्याउ किसानबाट माग आएको छ ।रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित