FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियामा कृषि भण्डारण भवन निर्माण सम्पन्न, किसान उत्साहित

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    बर्दियामा कृषि भण्डारण भवन निर्माण सम्पन्न, किसान उत्साहित

    शिवा शार्मा, बर्दिया । स्मार्ट कृषि गाँउ निर्माण गर्ने उदेश्यका साथ बर्दियामा कृषि भण्डारण भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माणपछि किसानहरु उत्साहित भएका छन् ।

    किसानको समस्यालाई मध्यनजर गर्दै बर्दियामा कृषि भण्डारण भवन निर्माण कार्य सम्पन्न भएको छ । भवनको लुम्वीनी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरति पौडेलले एक कार्यक्रममा बीच उद्घाटन गर्नुभएको हो । कृषि सामाग्री भण्डारण भवन निर्माण भएसंगै किसान उत्साहित भएका छन् ।

    कृषिलाइ व्यवस्थीत बनाउका लागि लुम्बीनी प्रदेश सरकार सक्रियता पूर्वक लागि परेको छ । उक्त भवन निर्माण कार्यपनि प्रदेश सरकारको नीति अनुसार नै निर्माण भएको प्रदेश सरकारको भनाइ छ । यद्यपी आर्थिक वर्षको बजेट नीति अनुरुप प्रत्येक स्थानीय तहमा स्मार्ट कृषि गाउँ निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।

    किसानको जीवन परिवर्तनका लागि स्थानीय र प्रदेश सरकारले सक्रिय भूमिका निभउनुपर्ने जानकारहरु बताउँछन् । भण्डारण कक्षमात्र नभएर अव स्थानीय र प्रदेश सरकारले तालिमको समेत व्यवस्था गर्नुपर्ने उनीहरुको भनाइ छ ।

    बर्दिया जिल्ला कृषिका लागि उर्भरभूमि हो । यो जिल्लालाई आलु, मकै, धान, तोरी, परवर र काउलीको पकेट क्षेत्रको रुपमा लिइन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित