FLASH NEWS
- Loading...
निःशुल्क स्वास्थ्य शिविरमा एकैदिन डेडसय भन्दा बढिको स्वास्थ्य परिक्षण
- कृषि टि.भी.
- २ साल अघि
- ५९ पटक पढिएको


शिविरमा बी.पी.नेत्र प्रतिष्ठानका चिकित्सकहरुद्वारा जेष्ठ नागरिक, महिला, बालबालिकाहरुलाई मुख्य प्राथमिकतामा राखेर आँखा, नाक, कान, घाँटीको परीक्षण गरीएको थियो । स्थानीयको स्वास्थ्य राम्रो होस् भन्ने उदेश्यले स्वास्थ्य शिविर सञ्चालन गरीएको नमुनाकृषि समूहकी अध्यक्ष राधा ढकालले बताउनुभयो ।
शिविरमा सहभागीहरु मध्ये अधिकांसमा मोतिबिन्दुको समस्या देखिएको थियो । विग्रदो वातावरणका कारण युवाहरुका आँखामा पनि समस्या देखिन थालेको बी.पी.नेत्र प्रतिष्ठानकी नेत्र विशेषज्ञ डा.समता शर्माले बताउनुभयो । उहाँले वृद्धवृद्धामा हुने मोतिबिन्दुको समस्या शारीरिक परिवर्तनले हुने हुँदा आतिनुपर्ने अवस्था नरहेको बताउनुभयो ।
कोराना महामारीले लामो समय देखि उपचार नपाएका स्थानीयहरुले घरआँगनमा निःशुल्क सेवा पाउँदा खुसी भएका थिए । शिविरमा परीक्षण गर्न आएकाहरुलाई आवश्यकता अनुसार निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
