- Loading...
नेपालकै पहिलो प्याँज शितभण्डार बैशाखबाट सञ्चालनमा ल्याउने तयारी
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको



शिवा शार्मा, बर्दिया । बर्दिया जिल्लाको बासगढी नगरपालिकामा प्याँज शितभण्डारणको निर्माण सुरु भएको छ । प्याँज शितभण्डारण निर्माण हुनथाले पछि किसानहरु उत्साहित भएका छन् ।
नेपालकै पहिलो प्याँज शितभण्डार निर्माण बर्दिया जिल्ला बासगढी नगरपालिका वडा नं ७ छाटकीढेउडा गाउँमा सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारको २ करोड अनुदान सहयोगमा प्याँजको शितभण्डारण निर्माण सुरु भएको हो । शितभण्डारण निर्माण लागत भने ६ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आगामी चैत महिनाभित्र निर्माण कार्य सम्पन्न गरी बैशाख महिनाबाट प्याँज खरिद गरी भण्डारण गर्ने योजना रहेको छ ।
यस क्षेत्रमा प्याँजको शित भण्डार स्थापनाले कृषकहरु हर्षित भएका छन् । यहाँका कृषकले पहिले पनि केही क्षेत्रमा प्याँज खेती गर्देआएका थिए भने शितभण्डार निर्माणसँगै धेरै क्षेत्रमा प्याँज खेती गर्ने योजना बनाएका छन् ।
प्याँज खेति बिस्तार गर्ने योजना अनुरुप नगरपालिकाले कृषकहरुलाई प्याँजको बिउ वितरण गर्दै आएको छ ।
अन्यत्रको तुलनामा प्याँजको उत्पादन बर्दिया जिल्लामा बढि हुने गरेको छ । त्यसैले बर्दिया जिल्लामानै शितभण्डारण निर्माण भैरहेको एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार कार्यालयले प्याँज, लसुन मिसन कार्यक्रम अन्र्तगत कृषकहरुलाई अनुदान दिदै आएको छ । बर्दिया जिल्लामा अनुदानमा ८५ हेक्टर क्षेत्रफलमा प्याँज खेति भैरहेको छ । भने १५ देखि २ हजार मेट्रिकटन उत्पादन हुने अनुमान गरीएको छ ।
बर्दियाको बढैयाताल गाँउपालिका , बासगढी नगरपालिका र बारबर्दिया नगरपालिकाका केहि क्षेत्रहरुमा १ कठ्ठा जमिनमा ७ क्यूटल सम्म प्याँज उत्पादन हुने गर्दछ । तर, त्यसलाई लामो समयसम्म आफनो घरमा भण्डारन गर्न किसानहरुलाई समस्या पर्दे आएको समयमा भट्टराई दुध उधोग प्रा. लि बासगढीले प्याँज शितभण्डार स्थापना गरीदिने भएपछि जिल्लाका किसानहरु हर्षित भएका छन् ।

