FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गँहुको समर्थन मुल्य ३१ सय १३ रुपैयाँ कायम गर्न सिफारिस

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    गँहुको समर्थन मुल्य ३१ सय १३ रुपैयाँ कायम गर्न सिफारिस

    कृषि तथा पशुपक्षी मन्त्रालयले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रालयले यस कर्षका लागि क्विन्टलको ३१ सय १३ रुपैयाँ मूल्य तोकेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सिफारिस गरेको छ । अघिल्लो वर्ष तीन हजार १५ रुपैयाँ गहुँको न्यूनतम समर्थन मूल्य कायम गरिएको थियो ।

    उत्पादन लागत दुई हजार ३ सय १९ रुपैयाँ ४९ पैसा, ढुवानी खर्च २ सय ३१ रुपैयाँ ९५ पैसा र किसानलाई नाफा ४ सय ६३ रुपैयाँ ९० पैसासहित तीन हजार १५ रुपैयाँ ३४ पैसा समर्थन मूल्य तोकिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष केही रकम बढाएर गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

    आपूर्ति मन्त्रालयले छलफल गरेसँगै मन्त्री परिषद्ले निर्णय गरेपछि गहुँको न्यूनतम समर्थन मूल्य लागु हुने छ । पछिल्लो समय गहुँको उत्पादन दर घट्दै गएको छ । आर्थिक वर्ष २०७०÷७१ मा ७ लाख ५४ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा गहुँ उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा सो क्षेत्रफल घटेर ७ लाख ७ हजार ५०५ हेक्टरमा गहुँ उत्पादन भएको तथ्याङमा उल्लेख छ । गहुँको खेती सबैभन्दा बढी प्रदेश २ मा हुने गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित