FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असिनाले तरकारी बारीमा क्षति

    • कृषि टि.भी.
    • २ साल अघि
    • २१ पटक पढिएको
    असिनाले तरकारी बारीमा क्षति

    दमौली। सोमबार साँझ परेको असिना पानीले तनहुँका विभिन्न भागमा हिउँदेबाली र तरकारी खेतीमा क्षति पुगेको छ । असिना पानीले हिउँदेबाली र तरकारी खेतीमा पूर्ण क्षति पु¥याएको तनहुँको शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारीले बताए ।

    यसपालीको हिउँद लागेपछि पहिलो पटक यति ठूलो वर्षा भएको हो । एकातिर खेतीपाती गर्ने बेलामा परेको पानीले किसानलाई राहतको महसुस गराएको छ, तर अर्कोतर्फ भीषण असिनाले लाखौँको क्षति भएको छ ।

    कृषि ज्ञान केन्द्रका अनुसार असिनाले पु¥याएको क्षतिको विवरण आउन बाँकी छ । क्लागण्डकी नगरपालिका र भीमाद नगरपालिकामा भीषण असिना पानी परेको हो । अपरान्ह ४ बजेदेखि शुक्लागण्डकीको सेतीपारीका वडामा असिना पानी परेको हो । ढोरफिर्दी, छब्दी, साँखे, कोलम्फे गुर्दुमलगायतका स्थानमा असिना बर्सिएका थिए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित