- Loading...
भूमिहिन विपन्न नागरिकलाई ३ हजार वर्ग मिटरसम्मको जग्गा निःशुल्क उपलब्ध गराइने
- कृषि टि.भी.
- २ साल अघि
- ३० पटक पढिएको


भूमिहिन विपन्न नागरिकले अब ३ हजार वर्ग मिटरसम्म निःशुल्क जग्गा पाउने भएका छन् । हालै गठन भएको भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहिन नागरिकलाई निःशुल्क ३ हजार वर्गमिटरसम्म जग्गा निःशुल्क उपलब्ध गराउने बताएको छ । आयोगको कार्यालय जुम्लामा मंगलबार स्थापना भएको छ ।

विपन्न, दलित, भूमिहिन नागरिकलाई विशेष प्रथामिकता दिएर ३ हजार वर्गमिटर जग्गा विभिन्न प्रयोजनका लागि उपलब्ध गराइने बताइएको छ । जग्गा नै नभएका नागरिकलाई सम्बन्धीत स्थानीय तहकै नजिकको सार्वजानिक जग्गा उपलब्ध गराउने बताइएकोे छ ।
उक्त जग्गा १० वर्षसम्म बेच्न पाइने छैन भने, कृषि गरेर आयआर्जन बढाउन समेत नागरिकलाई प्रेरित गरिने बताइएको छ । नागरिकको लागि आवास पहिलो प्रथामिकता भएकाले जग्गा अभावले भौंतारिएका नागरिकको राहत र उद्दारमा भूमि आयोगले विभिन्न निकायसँगको समन्वय र सहकार्यमा काम गर्ने छ ।

