FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कुमारीपाटीका लक्ष्मण अधिकारीको मौरीपालनमा व्यस्त

    • कृषि टि.भी.
    • २ साल अघि
    • २४ पटक पढिएको
    कुमारीपाटीका लक्ष्मण अधिकारीको मौरीपालनमा व्यस्त

    विसं २०५८ साल देखि ललितपुरको कुमारीपाटीका लक्ष्मण प्रसाद अधिकारीले मेलिफेरा र सेरेना प्रजातिको मौरी पालन गर्दे आउनु भएको छ । सुरुवाति चराणमा सोखले मौरीपालन गर्नुभएका अधिकारी पछिल्लो समय व्यवसायिक रुपमा मौरीपालनमा लाग्नु भएको छ । मौरीपालन बाट राम्रो आम्दानी हुन थालेपछि उहाँ व्यवसायीक रुपमा मौरीपालनमा लाग्नु भएको हो । मौरीपालन व्यवसाय झन्झटिलो नभएको र धेरै समय खर्चिनु नपर्ने भएकाले अन्य काम भन्दा सहज हुन्छ ।

    अहिले अधिकारीले १ सय ५० देखि २०० घार मौरीपालन गरी मह उत्पादन गरीरहनु भएको छ । धेरै लगानी पनि नचाहिने र थोरै लगानीबाट व्यवसाय विस्तार गर्दे व्यवसायिक रुपमा अगाडि बढ्न सकिने अधिकारीको भनाइ छ ।

    नेपालमा उत्पादन भएको महको गुणस्तर अन्य देशको तुलनामा राम्रो भएकाले विदेशबाट समेत महको माग आउने गरेको छ । तर, माग अनुसारको पूर्ति हुन सकेको छैन । मह उत्पादनका लागी मौरीलाई एउटै ठाउँमा नभएर समय समयमा ठाउँ स्थानान्तरण गर्नु पर्दछ । कोरोना भाइरसका कारण देश व्यापी रुपमा गरिएको लकडाउनकाले गर्दा मौँरीलाई स्थानान्तरण गर्न नपाउँदा यो वर्ष सिमित मात्रामा मह उत्पादन हुदाँ यस बर्ष महको बजार मूल्य ह्वातै बढेको छ ।

    हाल नेपालमा महको माग बार्षिक ३५ सय मेट्रिक टन छ । २०७५÷७६ मा देशभर २ हजार ५०० मेट्रिक टनभन्दा बढी मह उत्पादन भएको थियो भने ०७६÷ ७७ मा घटेर १ हजार ५०० मेट्रिक टनमात्रै मह उत्पादन भएको छ । मौरीपालनका लािग सहज वातावरण र राज्यबाट अनुदानको व्यवस्था भएमा नेपाल महमा आत्मनिर्भर भई विदेश निर्यातमा समते सफल हुनेमा दुई मत छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित