- Loading...
खाँदबारी नगरपालिकाका कृषकहरु तरकारी खेतिमा आकर्षित
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


कृषि ज्ञान केन्द्र संखुवासभाको सहयोगमा १८ रोपनी जग्गामा ११ वटा टनेलमा गोलभेडा खेती गर्दै आउनु भएको छ खादबारी नगरपालिका चिप्ले गाउँका टंक बहादुर राई । २०५९ देखि कृषि पेशालाई निरन्तरता दिदै आउनु भएको राईले गोलभेडा खेतिबाट बार्षिक ७ लाखसम्म आम्दानी गर्नुहुन्छ । राई जस्तै गाउँका अन्य कृषकहरुले पनि कृषि उपज उत्पादन गर्दे आएका छन् । अहिले चिप्ले गाउँमा प्रत्येक घरमा ५ सय देखि ६ सय वटा टनेल छन् । पहिले कोदो फल्ने बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । राई आफु जस्तै गाउँका युवाहरुलाई पनि कृषि पेशामा लाग्न आग्रह गर्नुहुन्छ ।

यस्तै, सात वर्ष देखि साढे ३ रोपनी जग्गामा गोलभेडा खेती गर्दै आउनु भएको छ वडा नम्वर ४ की मुना गुरुङले । गुरुङले गोलभेडा खेतिबाट राम्रो आम्दानी लिदै आउनु भएको छ । कोरोना कहरको समयमा केही समस्या भएपनि अहिले भने सहज भएको उहाँ बताउनुहुन्छ । उहाँको दिनचर्या गोलभेडा स्याहार्दे वित्छ । हरेक साताको बुधबार र शनिबार तरकारी बेच्नको लागि बजारमा जाने गुरुङ बताउनुहुन्छ । कृषि ज्ञान केन्द्रले समय समयमा दिदै आएको तालिमबाट गुरुङले आफु सिक्नुका साथै आफना छरछिमेकमा भएकाहरुलाई पनि सिकाउँदै आउनु भएको छ ।
कृषि ज्ञान केन्द्र सङखुवासभाले रिण लिएर कृषिमा लगानी गरेका कृषक र समस्यामा परेकाहरुलाई क्षति अनुसारको अनुदान रकम उपलब्ध गराउँदै आएको छ । जसले गर्दा यहाँका युवाहरु कृषि पेशामा आकर्षित समेत हुन थालेका छन् । कृषकहरुको समस्या समाधानमा कृषि ज्ञान केन्द्र लागि पर्ने केन्द्रका निमित्त प्रमुख गोविन्द आचार्यको भनाई छ ।
युवालाई गाउँ घरमै स्वरोजगार बनाउन ज्ञान केन्द्रले युवा लक्षित विभिन्न कार्यक्रमहरु गर्दे आएको छ । सङखुवासभा ,खादबारी नगरपालिका वडा नम्वर ४ का कृषकहरुले कृषिबाट मनग्य आम्दानी गर्दे आएका छन् ।।

