FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बजारमा माग अनुसार ह्याचरीले भूरा उत्पादन गर्न नसक्दा माछा व्यवासायी समस्यामा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २३ पटक पढिएको
    बजारमा माग अनुसार ह्याचरीले भूरा उत्पादन गर्न नसक्दा माछा व्यवासायी समस्यामा

    आवश्यकता अनुसार नेपालमा ह्याचरीका भूरा नपाईने भएकाले माछापालन फस्टाउन नसकेको व्यवसायीहरुले बताएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय मत्स्य प्रवद्र्धन तथा सरक्षण केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम यस्तो बताएका हुन् ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय मत्स्य प्रवद्र्धन तथा सरक्षण केन्द्रको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचीव प्रेम नारायण कडेँलले नेपालमै युवालाई माछापालनबाट स्वरोजगार वनाउन सहुलियत त्रृmण, प्राविधीक सहयोग, दाना उत्पादन, ढुवानी साधन र बजारीकरणको व्यवस्थापनामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले माछा पालन व्यवसाय फस्टाउनको लागि पशुपन्छी तथा मत्स्य क्षेत्रमा बजेट, नीति तथा कार्यक्रम कार्यन्वयन गर्नुका साथै मत्स्य नर्सरी तथा ह्रयाचरी सञ्चालनमा तालिम र प्राविधकि क्षमताको विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

    यस्तै, कार्यक्रममा मन्त्रालयका सह सचिव विमल कुमार निर्मलले माछा पालन सम्वन्धी आयोजना गरिएका विभिन्न गोष्ठी, प्राविधीक तालिममा माछा पालन व्यवसायीलाई अनिवार्य उपस्थित गराउनु पर्ने र आवश्यक सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।

    नेपालमा ७ वटै प्रदेशमा माछा पालनका लागी प्राप्त पानीको उपलब्धता र चिसो पानीमा माछा उत्पादन प्रविधी विस्तार गर्दै लैजानु पर्नेमा प्रमुख केन्द्रीय मत्स्य पालन प्रवद्र्धन तथा सँरक्षण केन्द्र बालाजुका अध्यक्ष प्रमोद कु्मार रिजाल जोड दिनुभयो । माछा पालन व्यवसायीलाई आत्मनिर्भर बनाई देशलाई माछा पालनतर्फ उन्मुख गराउँदै र माछा बेचेर आफ्नो जीवन निर्वाह गर्दै आएका माझी समुदायलाई आधुनिक तरिकाबाट व्यवसायिक रुपमा माछा पालन गर्नेको लागी प्रोत्साहन गर्नु पर्ने उहाँले बताउनुभयो । रिजालले भुरा अयातमा सहजीकरण हुनुपर्ने धारण राख्नुभयो ।

    रोग नियन्त्रण तथा मत्स्य स्वास्थ्य व्यव्वस्थापन प्रणालीमा विकास गरे मात्रै व्यवसायीले फाइदा लिन सक्ने नेपाल मत्स्य समाजका अध्यक्ष टेक बहादुर गुरुङले बताउनुभयो । गुणस्तरीय दानामा २० प्रतिशत अनुदानको व्यवस्था भएमा व्यवसायीलाई दाना आयातमा सहज हुनुका साथै माछाका लागी अन्य देशमा भर पर्नु नपर्ने उहाँले बताउनुभयो ।

    कार्यक्रममा अनुसन्धानकर्ता , मत्स्य विज्ञ र मत्स्य प्राविधिकहरुको उपस्थित रहेको थियो भने नेपालमा माछा पालनको सम्भावना , आधुनिक प्रविधी , माछा पालनको समस्या र आय आर्जनको विषयमा छलफल गरिएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित