- Loading...
७ महिनामा ८ खर्बको आयात
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७र७८ को पहिलो सात महिनामा आठ खर्ब बढीको आयात भएको छ । विभागले सार्वजनिक गरेको सात महिनाको ृसाउनदेखि माघ मसान्तसम्मे तथ्याङ्क अनुसार आठ खर्ब तीन अर्ब ६४ करोड बढीको आयात भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव शून्य एक प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब बढीको आयात भएको थियो । यसैगरी सात महिनाको अवधिमा ६९ अर्ब ९१ करोड ७० लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवको सोही अबधिको तुलनामा ७।६१ प्रतिशतले निर्यातमा वृद्धि भएको छ ।
गत आ।व।मा सोही अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो । तथ्याङ्कअनुसार यो वर्ष व्यापार घाटामा शून्य दशमलव ६६ प्रतिशतले सुधार भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको हिस्सा मात्र ०।५७ प्रतिशतले घटेको छ ।
विभागको तथ्याङ्कअनुसार सात महिनामा आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापारबाट नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड घाटा बेहोरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा ५।८० प्रतिशतले गिरावट हो । गत माघमा मात्रै गत आ।व भन्दा ३१ प्रतिशत बढीको वस्तु आयात भएको छ । गत वर्षको माघमा एक खर्ब आठ अर्ब ९० करोडको आयात भएकामा यो माघमा एक खर्ब ४२ अर्ब ३९ करोडको आयात भएको हो ।
कुन महिना कति आयात
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो महिना ९साउन० मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब चार करोड र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो ।
यसैगरी कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड, मङ्सिर महिनामा एक खर्ब २३ अर्ब एक करोड, पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । हालसम्मकै धेरै माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड बराबरको विदेशी वस्तु आयात भएको छ ।
सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा ३९ अर्ब ७० करोड बढीको डिजेल आयात भएको छ । गत पुसमा ३२ अर्ब ९३ करोड बढीको डिजेल आयात भएको थियो ।
आन्तरिक राजश्व विभागका प्रमुखमा आचार्य
आन्तरिक राजश्व विभागका महानिर्देशकमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्त क्षेत्र व्यवस्थापन महाशाखाका प्रमुख रहेका सहसचिव आचार्यलाई विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।
आचार्यले राजश्व विभागको महानिर्देशकका रुपमा नियुक्ति पाएको जानकारी दिए । गत माघ १ गते तत्कालीन महानिर्देशक विनोद कुँवरको गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो । एक महिनादेखि खाली रहेको उक्त स्थानमा आचार्यलाई जिम्मेवारी दिइएको हो । रासस

