FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ”

    • कृषि टि.भी.
    • २ साल अघि
    • १९ पटक पढिएको
    वालिङका नवउद्यमी तथा कृषकहरुले भने “अव हामी प्रविधिमैत्री काममा जोड दिन्छौं ”

    स्याङ्जाको वालिङ नगरपालिकाका कृषक तथा नवउद्यमीहरुले प्रविधिमैत्री काममा जोड दिने बताएका छन् । वालिङमा आयोजित कार्यशालामा सहभागि भएका कृषक तथा नवउद्यमीहरुले अव प्रविधिमैत्री काममा जोड दिने बताएका हुन् ।

    उनीहरुले प्रविधिलाई प्रयोग गरेर काम गर्दा लागत कम लाग्ने र उत्पादन धेरै हुने बताएका छन् । उत्पादनको सहज बजार व्यवस्थापन, जंगलीजनावरबाट बालीनालीको सुरक्षा, प्रबिधिमैत्री काम लगायतमा जोड दिएको उनीहरुको भनाई थियो । कार्यक्रममा कृषक तथा उद्यमीहरुले आफ्ना समस्याको पहिचान कसरी गर्ने, अरुसँग तुलना कसरी गर्ने र संयुक्त तथा एकल समाधान कसरी खोज्ने भन्ने बिषयमा छलफल गरेका थिए ।

    समस्यालाई पहिचान गर्ने र अरुसँग सहकार्य गरी समाधान गर्ने उपायका बारेमा पनि जानकारी गराईएको थियो । युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोगमा दियालो संस्थाद्वारा सञ्चालित कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत डिजाईन थिङ्किङ वर्कशप फर बिजनेश ईन्कुवेशन कार्यक्रम गरिएको हो । कार्यक्रममा ‘स्टार्टअप’ का रुपमा रहेका उद्यमीहरु, नगरपालिकाका शाखा प्रमुखहरु लगायतको सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित