FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • गुलरिया नगरपालिकाको हाटबजारमा विचौलीयाको मनोमानी, किसान समस्यामा

    • कृषि टि.भी.
    • २ साल अघि
    • ९४ पटक पढिएको
    गुलरिया नगरपालिकाको हाटबजारमा विचौलीयाको मनोमानी, किसान समस्यामा

    कृषि हाटबजार हुदाँ हुदै कृषकहरु आफ्नो कृषि उपज बिक्रीका लागि बाटोमा बस्न बाध्य भएका छन् । बर्दियाको गुलरिया नगरपालिकाकामा रहेको एक मात्र हाटबजारमा विचौलियाको मनोमानीले स्तविक कृषक सुविधा पाउनबाट बञ्चित छन् ।

    बर्दियाको गुलरिया नगरपालिकाको एक मात्र कृषि हाटबजार नगरपालिका ७ बसपार्क सँगै छ । गुलरियाका कृषकहरुले आपनो खेतबारीमा उत्पादन भएको कृषि उपजका बस्तुहरुलाई सजिल्लै बजारीकरणका लागि बिक्री वितरण गर्न पाउन भन्ने उदेश्यले गुलरिया नगरपालिकाको कार्यालयले २०६२ सालमा ८ कठ्ठा जमिनमा २४ लाखको लागतमा हप्तामा २ पटक शनिबार र मंगलबार संचालन गर्ने गरी कृषि हाटबनारको निर्माण गरेको थियो । तर, नगरपालिकाको फितलो अनुगमनले बास्तविक कृषकहरु आफनो कृषि उपजका वस्तुहरु हाटबजारमा लागेर बिक्री गर्न बञ्चित छन् ।

    उनीहरु हाटबजारको बाहिर वस्नु पर्ने बाध्यता छ । कृषि हाटबजार भित्र ठुला ब्यापारीहरुले नगरपालिकाले तोकेको मुल्य भन्दा अधिक रकम दिएर कपडा ब्यापारी, भाँडा ब्यापारी, ठेला चाट ब्यापारी लगायतका अन्य ब्यापारीहरुले हाटबजार कब्जा गरेका छन् । ठेक्दारले नगरपालिकाले तोके बमोजिम नगरपालिकाबाट प्रमाणित गरेका नियम पालन गरेको छ्रैन् । हाटबजारमा न दर रेटको सूचना छ न कुनै पालन गर्नुपर्ने नियमहरु नै । नगरपालिकाले ठेकेदार सँग बार्षिक १० लाख लिन्छ भने ठेक्दारले पनि ब्यापारीहरुलाई आफु खुशि मनलाग्दी रकम असुली रहेको छ ।

    हाटबजार अब्यवस्थित तरीकाले संचालन भैरहदाँ जिम्मेवार निकायले भने केही गर्न सकेको छैन । कृषकलाई सहज होस् भनेर खेलिएको हाटबजारमा फेन्सी कपडा व्यापारीहरुको रजगज छ । जसलेगर्दा वास्तविक कृषकहरु बाटोमा वस्न बाध्य छन् ।

    यता, ठेकेदारको भने ठाउँ सागुरो भएकाले सबै व्यपारीहरुलाई समेट्ने नसकेको तर्क छ । नगरपालिकाले पनि अधिक दर रेट तोकेकोले पनि समस्या भैरहेको ठेकेदारको भनाई छ ।

    गुलरिया नगरपालिकाले भने हाटबजारमा पहिलो प्राथमिकता तरकारी व्यापारीहरुलाई रहेको बताएको छ । नगरापलिका र ठेकेदार बिच भएको सम्झौतामा २ सय १ वटा स्टल र विषेश गरेर तरकारी ब्यापारीहरुको लागि भनिएको छ । तर, कार्यान्वयमा ठिक उल्टो छ । सम्झौता विपरीत काम भएको पाइएमा नगरपालिकाले अनुगमन गरी कारबाही गर्ने बताएको छ ।

    नगरपालिकाले छिटो भन्दा छिटो अनुगन गरी सम्झौत विपरीत काम गर्ने ठेकेदारलाई कारबाहीको दायरमा ल्याउन जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित