FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • विषादी व्यवस्थापन तथा न्युनीकण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    विषादी व्यवस्थापन तथा न्युनीकण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

    कृष्ण खनाल, रुपन्देही । कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेशको आयोजनामा विषादी व्यवस्थापन तथा न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । प्रदेशका विभिन्न जिल्लाहरुबाट किसान, सरोकारवाला निकायहरुको सहभागीतामा बुटवलमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

    कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका प्रमुख याम नारायण देवकोटा, निर्देशनालयका बरिष्ठ बालि संरक्षण अधिकृत कामना अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यपत्र प्रस्तुत गर्दै निर्देशक याम नारायण देवकोटाले विषादीको बर्गिकरण, यसको प्रयोग, असर र चुनौतिको विषयमा प्रकाश पारेका थिए ।

    यस्तै बरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले विषादी को समुचित प्रयोगका फाईदाको विषयमा जानकारी दिदै विषादी प्रयोगमा अपनाउनुपर्ने सचेतनाको विषयमा प्रकाश पारेका थिईन ।

    कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले मन्तव्य राख्दै व्यवसायीक नाफा भन्दा पनि मानिसको हितमा राखेर विषादीको समुचित प्रयोग गर्नुपर्नेकुरामा जोड दिएका थिए ।

    मन्त्रालयका कृषि प्रसार अधिकृत आशा भण्डारी, निर्देशनालयका बाली संरक्षण अधिकृत राम बहादुर खत्री, कृषि विकास अधिकृत दयाराम बस्याल लगायतको सहभागीता रहेको थियो ।

    कार्यालयमा जिल्लास्थति मतहतका कार्यालयका मातहतका कार्यालय, किसान तथा सरोकारवाला व्यक्तिहरुको सभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित