FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा

    जाजरकोट। जाजरकोटको जुनिचाँदे गाउँपालिकाले ५०० जनाभन्दा बढी सुत्केरी महिलालाई तेल, कुखुरा र न्यानो कपडा वितरण गरेको छ ।

    सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकामा सुत्केरी भएका सबै महिलालाई लोकल कुखुराका लागि १ हजार ५००, तोरीको तेलका लागि ५०० रुपैयाँ र बच्चाको न्यानो कपडा किन्नका लागि ५०० गरी २ हजार ५०० रुपैयाँका दरले रकम वितरण गर्ने गरेको गाउँपालिकाकी कावा अध्यक्ष शिवा आचार्यले जानकारी दिइन् ।

    सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनका लागि गत आर्थिक वर्षमा १४ लाख ६९ हजार रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले ५८८ सुत्केरीलाई रकम वितरण गरेको आचार्यले जानकारी दिइन् ।

    पोषणको मात्रा नपुग्दा आमा र शिशुको स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको छ । थोरै भए पनि आमा र नवजात शिशुको पोषणमा सहयोग पुगोस् भनेर सुत्केरी महिलालाई सहयोग गर्ने गरिएको हो । यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको कावा अध्यक्ष आचार्यले जानकारी दिइन् ।

    उनले गाउँपालिका मातहतका स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखासँग समन्वय गरेर महिला तथा बालबालिकाको पोषण सुधार, स्वास्थ्य सेवा सुविधामा पहुँच वृद्धि तथा विस्तार, सरसफाइ र चेतनाको विकासमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् ।रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित