- Loading...
नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक
- कृषि टि.भी.
- २ साल अघि
- २६ पटक पढिएको


प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नक्सा सार्वजनिक गर्नु भएको छ । नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री ओलिले नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । डिजिटल माध्यमबाट माटोको स्वास्थ्यस्थितिबारे जानकारी लिन सकिने भएपछि अब माटो बोकेर परीक्षण गराउन जानुपर्ने परम्परागत स्थितिको अन्त्य भएको उहाँको भनाई छ । प्रधानमन्त्री ओलिले दक्षिण एसियामै माटोको डिजीटल नक्सा भएको देश नेपाल पहिलो भएको समेत दाबी गर्नूभयो । नक्साको माध्यमबाट माटोमा भएको अम्लियपन, नाइट्रोजन, पोटासियम लगायत तत्व थाहा पाउन सकिने सरकारले जनाएको छ । नक्सालाई माटोमा भएको तत्वहरूबारे जानकारी लिने सूचना प्रणाली भनिएको छ । किसानको खेतबारीमा भएको माटोमा उर्वराशक्ति बढाउन त्यहाँ भएको माटोमा भएको अम्लियपनलाई घटाउने, नाइट्रोजनलगायत तत्वको मात्रालाई बढाउन कृषि प्राविधिकहरूलाई सहज हुने सरकारको दाबी छ ।


