- Loading...
हाम्रो कृषक समूह लुभुको दोस्रो साधरण सभा सम्पन्न
- कृषि टि.भी.
- २ साल अघि
- २२ पटक पढिएको


हाम्रो कृषक समूह लुभुले दोस्रो साधरण सभा सम्पन्न गरेको छ । ललितपुरको लुभुमा कार्यक्रम आयोजना गर्दे समूहले साधरण सभा सम्पन्न गरेको हो । कृषकहरुको हक हितमा दुई बर्ष देखि काम गर्दे आएको समूहले बजार व्यवस्थापन लगायतको काम गरीरहेको छ । कार्यक्रममा समूहका अध्यक्ष अमृत विश्वकर्माले सरकारले कृषि क्षेत्रको विकासका लागि जति गफ दिएपनि व्यवहारमा भने कार्यान्वयन गर्न नसकेको तर्क गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई भक्तपुरका अधिकृत टिकाराम शार्माले कृषक लक्षित विभिन्न कार्यक्रम पकेट क्षेत्र, ब्लक कार्यक्रम, सुपरजोन कार्यक्रमहरु सञ्चालन भैरहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको प्रयोग स्थानीय स्तरमै गर्नुपर्नेमा जोड दिनुभयो । समूहले आगामी दिनमा कृषकलाई व्याज सहुलीयत क्रृण उपलब्ध गराउने, अनुदानमा सहभागी बनाउने, आवश्यक कृषि सामाग्री उपलब्ध गराउने लागायतका योजना अघि सारेको छ । कार्यक्रममा समूहका उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएकोे थियो ।।


