- Loading...
नतिजामुखि काम गर्न लुम्बिनी प्रदेशका कृषि मन्त्रीको आग्रह
- कृषि टि.भी.
- २ साल अघि
- २१ पटक पढिएको


कृष्ण खनाल, रुपन्देही । लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले स्मार्ट कृषि गाउँ कार्यक्रम प्रदेशकै गौरवको कार्यक्रम रहेको जनाएको छ । मन्त्रालयले नतिजामुखि काम गर्नको लागि स्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई तथा सम्बन्धीत कार्यालयका प्रमुखलाई निर्देशन पनि दिएको छ ।

लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले स्मार्ट कृषि गाउँ प्रदेश गौरवको कार्यक्रम रहेको बताउँदै नतिजामुखि काम गर्नस्मार्ट कृषि गाउँ कार्यान्वयन एकाई तथा सम्बन्धीत कार्यालयका प्रमुखलाई निर्देशन दिनु भएको हो । पछिल्लो समयमा सरकारले अपेक्षागरेको भन्दा पनि भौतिक पुर्वाधार निर्माणमा स्मार्ट कृषि गाउँ केन्द्रीत रहेको भन्दै उहाँले तत्काल उपलब्धीमुलक काममा सरकारको बजेट खर्च गर्न आग्रह गर्नुभयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजानमा मंगलपुरमा सम्पन्न ‘स्मार्ट कृषि गाउँ कार्यक्रमको योजना तर्जुमा तथा समिक्षा गोष्ठीमा मन्त्री पौडेलले स्मार्ट कृषि गाउँलाई सधैभरी सरकारले सहयोग गर्न नसक्ने बताउनुभयो । ५ बर्षमा सहकारीको रुपमा परिणत गर्ने गरी कार्यायोजना तयार भैरहेको भन्दै मन्त्री पौडेलले समुह,सहकारी मार्फत कार्यक्रम सुरुभएको ५ बर्ष पछि पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।
कृषि क्षेत्रमा काम धेरै भएपनि तत्काल उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक रहेको भन्दै मन्त्री पौडेलले स्मार्ट कृषि गाउँलाई अन्य कार्यक्रममा पनि समेट्ने गरी कार्यक्रम ल्याउन समेत सकिने बताउनुभयो । समिक्षा गोष्ठीमा मन्त्रालयका सचिव डा. रेवती रमण पौडेलले स्मार्ट कृषि गाउँको कार्यक्रम सन्तोषजनक नरहेको भन्दै बाली विकास भएमा ३ महिना भित्र र अन्य पशुपंक्षि विकास तर्फको काममा कम्तीमा ६ महिना देखि १ बर्ष सम्म मा नतिजा आउने गरी काम गर्न निर्देशन दिनुभयो ।
सचिव पौडेलले सरकारको लगानीको दुरुपयोग गर्न नहुने तर्क गर्नुभयो । कार्याशाला गोष्ठीमा लुम्बिनी प्रदेशका ७५ वटा स्मार्ट कृषि गाउँ कार्यान्वयन ईकाईका संयोजक तथा सहजकर्ता, मन्त्रालय मातहतका ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, कृषि तथा पशुपंक्षि विकास एकिकृत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आ आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

