
- Loading...
हरियो तरकारीको मूल्य बढ्यो
- कृषि टि.भी.
- २ साल अघि
- २८ पटक पढिएको


काठमाडौं । बजारमा हरियो तरकारिको मुल्य वृद्धि भएको छ । गत साता भन्दा यो साता भिन्डि, करेला, पर्वल लगायत तरकारिको मुल्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

गत साताको तुलनामा यो साता बजारमा च्याउ, भिन्डि, करेला, पर्वल, क्याप्सिकम, नेपालि मोटरकोसा जस्ता अप्सिजनका तरकारिको मुल्य बढेको छ । व्यापारीका अनुसार लोकल उत्पादनको मुल्य भने उस्तै छ ।
थोक मूल्य नै उच्च भएपछि खुद्रामा पनि हरियो तरकारीको भाउ उच्च हुने देखिएको छ । यो सँगै उपभोक्ताको भान्सा महंगिने पक्का छ । तरकारि महंगिएसँगै उपभोक्ता मारमा परेका छन । गत साताको तुलनामा मौसमी तरकारीको मूल्य बढेका उपभोक्ताको भनाइ छ । एकातिर व्यापारिहरु तरकारि सस्तो भएर पनि बिक्रि नहँुदा कुहिएर फाल्नु परेको बताउँछन तर अर्कोतिर उपभोक्ताहरु किनेर खान महंगो भएको गुनासो गर्छन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पनि काउली, च्याउ, विभिन्न थरीका साग, हरियो लसुन, गोलभेडा जस्ता हरियो तरकारीको मूल्य बढेको छ । व्यपारिहरुले प्रमुख हरियो तरकारीको मूल्य खासै नबढेको भनेतापनि अघिल्लो साताको तुलनामा यो साता महँगो भएको समितिले जनाएको छ । काउली, साग, गोलभेंडा, च्याउ जस्ता तरकारीको मुल्य बढ्नु स्वभाविक भएको र यसलाई मूल्य बढेको नभनि किसानले गरेको लगानी अनुसारको स्वभाविक प्रतिफल मान्नुपर्ने समितिको दावि छ । त्यस्तै बर्डफ्लुका कारण कुखुराको मासुको मुल्य किलोमा १० देखि १५ रुपैयाँसम्मको उतार चढाव देखिएको छ । अहिले बजारमा अंगुर, स्याउ लगायतका फलफूलको भाउ किलोमा १० देखि २० रुपैयाँ सम्मले बढेको पाइएको छ भने केरा दर्जनमा १० रुपैयाँले महँगो भएको छ । यस्तै प्रमुख खाद्यन्न चामल, दाल, तेल लगायतको वस्तुहरुको मूूल्यमा खासै फरक नभएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

