- Loading...
कञ्चनपुरमा व्यावसायिक उखुखेती गर्ने किसानलाई आधुनिक कृषियन्त्र वितरण
- कृषि टि.भी.
- २ साल अघि
- २७ पटक पढिएको

|????????????????????????????????????

व्यावसायिकरूपमा उखुखेती गर्ने किसानहरुलाई अनुदानमा आधुनिक कृषियन्त्र तथा उपकरण वितरण गरिएको छ । कञ्चनपुरको लालझाडी गाउँपालिकामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ मा आवद्ध व्यावसायिक उखु किसानहरुलाई आधुनिक कृषियन्त्र तथा उपकरण वितरण गरिएको हो ।सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्र्तगत सञ्चालन भएको कार्यक्रममा किसानहरुले कृषियन्त्र तथा उपकरण अनुदानमा पाएका हुन । कृषि ज्ञान केन्द्रका अनुसार किसानलाई पावर टिलर, मिनी टिलर, रेजर, रोटाभेटर, सिँचाइका लागि पम्पसेटलगायत वितरण गरिएको छ । यसका अतिरिक्त बीउबिजन, विषादी, रासायनिक मलसमेत किसानलाई उपलब्ध गराइएको छ । कृषिमा लाग्ने श्रमको लागत घटाएर उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले किसानलाई कृषियन्त्र र उपकरण अनुदानमा वितरण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख डा. दिलबहादुर विष्टले जानकारि दिनुभयो ।


