- Loading...
कृषि पथ मोबाइल एप किसानहरुमा प्रभावकारी बन्दै
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


घरेलु तथा साना उद्योग महासंघ बाँके शाखाले सञ्चालनमा ल्याएको कृषि पथ मोबाइल एप प्रभावकारी बन्दै गएको छ । एप मार्फत किसानहरुले उत्पादन गरेका कृषि उपजहरु सजिलै किनबेच गर्न सक्ने छन् ।

घरेलु तथा साना उद्योग महासंग बाँके शाखाले गत पुस महिना देखि कृषि पथ मोबाइल एप सञ्चालनमा ल्याएको छ । किसान र उपभोत्ताहरु बिच रहेको बिचौलियाहरुको अन्त्य र किसानहरुले थोरै समयमा घरमै बसेर समान बिक्रि गर्न सक्नुको साथै किसानहरुको समयलाई मध्य नजर गरी सो एप सञ्चालनमा ल्याएको हो । किसानहरुले मोबाइल एप सञ्चालन गर्न महासंघको समुहमा आवद्ध हुनुपर्ने छ । यस्ता एपहरु सञ्चालनमा ल्याउँदा विचौलियाहरुले स्थान नपाउने, किसान र उपोभाक्ताविच प्रत्यक्ष सम्पर्कको व्यवस्था हुने घरेलु तथा साना उद्योग महासंधका बाँकेका अध्यक्ष मधु खड्काले बताउनुभयो ।
महासंघले कृषकलाई लक्षित गरी एप सञ्चालनमा ल्याएर सराहनिय काम गरेको नेपालगन्जउपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाले बताउनु भयो । उहाँले नगरपालिकाले विभिन्न शीर्षकमा कृषकहरुलाई अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । नगरपालिकाले किसानका उत्पादनको आधारमा अनुदान वितरण गर्दै आएको छ ।
एपमार्फत एक साता अगाडि नै मौसम बारे जानकारी लिन र समान किनबेच गर्नका लागि किसानहरुलाई सजिलो माध्यम बनेको छ । तर, बालीमा देखा पर्ने विभिन्न प्रजातिका रोगहरुको बारेमा कसरी जानकारी पाउने किसानहरुको गुनासो रहेको छ ।
कृषि एपले किसानहरुमा सहजता ल्याए पनि धेरै जसो किसानहरुले अझै पनि एप सञ्चालनमा ल्यान सकेका छैन्न । ९७.५ प्रतिशत टेलिफोन वा मोबाइल प्रयोग कर्ता, ६०.९ प्रतिशत जनसंख्याको कुनै एउटा वाणिज्य र्बैकमा खाता रहेको, ७४.४२ प्रतिशत जनसंख्याको इन्टरनेट सेवा प्रयोग कर्ता, ३१.७९ प्रतिशत जनसंख्या मोबाइल तथा इन्टरनेट बैँकिंग प्रयोग कर्ता रहेका छन् ।

