- Loading...
बन्यजन्तु तस्करी बढ्दै
- कृषि टि.भी.
- २ साल अघि
- २९ पटक पढिएको


बाँकेमा पछिल्लो समय बन्य जन्तु तस्करी दिनप्रति दिन बढ्दै गइरहेको छ । बन्यजन्तु चोरी निकासी नियन्त्रण गर्न प्रहरी लागी परेता पनि पूर्ण रुपमा बन्यजन्तु तस्करी नियन्त्रण भने हुन सकेको छैन ।
बाँकेको नेपालगन्जलाई वन्य जन्तु चोरी सिकारी तथा ओसार पसार गर्ने तस्करहरुले हव बनाएका छन् । नेपालगन्ज बजार पहाडीको कार्णली प्रदेश र पुर्व पश्चिम गरी सबै क्षेत्रलाई क्षेत्रलाई जाड्ने र छिमेकी मुलुक भारतलाई समेत जोड्ने भएकोले तस्करहरुले नेपालगन्जलाई चोरी तस्करीको हव बनाएका हुन ।

आम मानिसहरुले नेपालगन्ज बजारलाई शुसाशनको प्रतिक भनेर चिन्ने गरेका हुन्छन् । तर त्यही शुसाशनलाई भित्र भित्रै व्यपारी तथा चोरी तस्करी गर्ने मानिसहरुले चोरी तस्करीको हव बनाएर नेपालगन्ज बजारलाई प्रयोग गरी रहेका छन् । विदेशी मानिसहरुले जनावरहरुको छालालाई प्रयोगरी सजावटका समान तथा लगाउने कपडामा प्रयोग गर्नका लागि नेपालमा पाउने जनावरका छाला महाँगो डलर तिरेर किन्ने गरेका छन् । पैसाको प्रलोभनमा परी नेपालका आम मानिसहरुले जंगली वन्य जन्तुको सिकार गरी रहेका हुन्छ्न् ।दैनिक १ वन्यजन्तु तस्करी सहित चितुवा, रेड पाण्डा,बाघ र चित्तलको छाला र हाड्डी नियन्त्रणमा लिएको बाँकेका नायव प्रहरी उपरीक्षक सुवास खड्काले जानकारी दिनु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष ०७७÷८८ मा ५ ओटा बन्य जन्तुको छाला सहीत मानिसहरुलाई पक्रउ गरी डिभिजन वन कार्यालयलाई बुझाएको प्रहरी नायव उपरीक्षक खड्काको भनाई छ।
डिभिजन वन कार्यालय बाँकेले चोरी तस्करी गर्ने मानिसहरुलाई आवश्यक छान विन गरी मुद्दा चलाई रहेको छ । सरकारको नियम अनुसार उनीहरुलाई सामान्य ५ हजार देखि १ लाख सम्म जारीवना र अपराध हेरेर ५ बर्ष देखि केहि बर्ष सम्म सजाय रहेको डिभिजन वन कार्यालयका छैठौँ अधिकृत रमेश बुढाथोकीले बताउनु भयो ।
नियम विपरीत काम गरे सबैलाई कारवाही गर्ने सरकारको कानुनी व्यवास्था छ । तर संरक्षित वन्य जन्तलाई मार्ने र ओसार पसार तथा चोरी निकासी गर्नेलाई डिभिजन वन कार्यालय बाँकेको प्रमाण आनुसार कारवाही अगाडि बढ्उने प्रक्रिया रहेको नेपालगन्ज वाकिल पहलाद कार्कीले बताउनु भयो ।
बाँके प्रहरी र डिभिजन वन कार्यालयले विभिन्न किसिमका नियान्त्रणका उपायहरु अपनाए पनि आझै नियान्त्रण हुन सकि रहेको छैन् । वन्य जन्तु चोरी निकासी नियान्त्रणका लागि सरकाले जंगलबाटै नियान्त्रण गर्न जारुरी देखिन्छ ।

