FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • टनेलमा बिउ उमारेर परीक्षणको लागी धान रोप्ने तयारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    टनेलमा बिउ उमारेर परीक्षणको लागी धान रोप्ने तयारी

    चितवनमा आधुनिक प्रविधिबाट टनेलमा बिउ उमारेर पहिलो पटक परीक्षणको लागी धान रोपिने भएको छ । परम्परागत प्रणालीबाट खेती गर्दा लागत बढी र उत्पादन कम हुने भएकाले आधुनिक प्रविधीबाट धान रोप्दा समयको बचत , काम छिटो ,छरितो गर्न सकिने र रोप्ने तयारी गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनको अनुदानमा साना किसान सहकारी संस्थाले टनेलमा बिउ उमारिदिएपछि किसानले नयाँ प्रविधिबाट धान रोप्न पाउने भएको सहकारी संस्थाका व्यवस्थापक राम हरि दाहालले बताउनुभयो ।उक्त बिउ साना किसानहरूले चक्लाबन्दी गरेको २५ बिगाहा जमिनमा रोपिने छ । मेशिनबाट धान रोप्दा छिटो–छरितो र सर्वसुलभ, बिउ कम लाग्ने, मल खाद, कम खर्च, समयको बचत हुने हुनाले धेरै राम्रो रहेको उहाँले बताउनुभयो। चार पाङ्ग्रे मेशिनबाट जमिनको प्रकृति अनुसार प्रति घण्टा १० देखि १५ कट्ठासम्म धान रोप्न सकिने उहाको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित