FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुधको मूल्य प्रतिलिटर सय रुपैयाँ नपुर्याए आन्दोलन गर्ने बर्दियाका किसानको चेतावनी

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    दुधको मूल्य प्रतिलिटर सय रुपैयाँ नपुर्याए आन्दोलन गर्ने बर्दियाका किसानको चेतावनी

    शिवा शार्मा, बर्दिया । लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये एक हो बर्दिया । बर्दिया जिल्लामा दैनिक २० हजार लिटर भन्दा बढी दुध उत्पादन हुन्छ । तर, नेपाल सरकारले तोकेको ५ रुपैया ९३ प्रति पmयाट र एस एन एफ २ रुपैया ६६ पैसा तोेकेको छ । जसले गर्दा किसानहरुको दुधको मुल्य प्रति लि. ५० रुपैया मात्र पर्न आउँछ । यता, किसानहरुले सरकारका कारण सस्तो मुल्यमा दुध बेच्न बाध्य भएको बताउँदै आएका छन् । उनीहरुले संगठित रुपमा आफना आवजहरु संघ, प्रदेश र स्थानीय सरकारसम्म पु¥याउने तयारी थालेका छन् । दुध उत्पादक किसानहरुले मंगलबार बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा प्रथम भेला आयोजना गरी सरकराले दुधको रेट सय रुपैया कायम नगरे आन्दोलन गर्नै चेतावनी दिएका छन् ।

    व्यवसायीक रुपमा दुध उत्पादन गर्दे आएका लाल बहादुर विष्टको फार्ममा दैनिकी ४० देखी ६० लि. सम्म दुध उत्पादन हुन्छ । उनी ५० रुपैयाँ लिटरमा दुध बेच्न बाध्य हुदाँ दैनिक हजारौ रुपैयाँ घाटा व्यहोर्नु परेको गुनसो गर्छन् । भैसीले खाने दाना ,दाबाई पानि सबै जोड्दा नाफा शून्य रहेको बताउँदै उनीहरुले रकारले दुधको रेट नबढाए संर्घषमा उत्रने बताएका छन् ।

    लुम्बिनी प्रदेशका अन्य जिल्ला भन्दा बर्दियामा दुधको मुल्य निकै सस्तो रहेको कृषकहरुको ठ्यामाई छ । सरकारले आफूहरुको माग नसुने आन्दोलन गर्ने उनीहरुले बताएका छन् ।

    जिल्लामा नकाहा कृषि सहकारी सस्था लि., भगवती दुग्ध उत्पादन सहकारी सस्था, भट्टराई दुध उद्योग प्रा. ली, हराभरा कृषि सहकारी सस्था, र दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि. साथै दुग्ध विकास संस्थानको खरिद डिपो लगायतले किसानहरुको दुध किन्दै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित