FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • जंगली जनावरको आतक बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा तार विछ्याउने तयारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    जंगली जनावरको आतक बढेसँगै बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा तार विछ्याउने तयारी

    जागेश्वर सिंह थारु, बाँके । बाँके राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा जंगली जनावरहरुले गाँउमा दुख दिदै आएको छ । गाँउ बस्तिमा आतंक तथा बाली नाली सखाप पार्न थाले पछि गाँ बस्तिलाई संरक्षण गर्न बर्दिया राष्ट्रिय निकुञ्जले ६ किलोमिटर तार बिछ्याउने तयारी गरेको छ ।

    निकुञ्जमा जनावरको बृद्धि सँगै खेतबारीमा लगाइएको अन्नवाली क्षतिका घटना बढ्ना थालेपछि निकुञ्जले तार विछ्याउने तयारी गरेको हो । जंगली जनावरको क्षतिका कारण निकुञ्जले पीडित घरपरिवारलाई क्षतिपूर्ति दिदै आएको छ । निकुञ्जले २०६० साल देखि अहिले सम्म दुइ हजार एक सय ७४ घरधुरीलाई एक करोड ९६ लाख ८ सय ३ रुपैँया राहत दिएको छ ।

    जनावरले गाँहु, धान, मकै, तरकारी लगाएतका वालीहरुमा नोक्सान गर्दै आएको छ । भने कतिपय ठाँउमा चितुवाबाट घरपालुवा जनावरलाई बचाउन सुधारिएको खोर पनि बनाएका छन् । निकुञ्ज प्रशासनले दिदै आएको राहात प्रक्रिया भने झन्झटिलो रहेको छ ।

    यता, निकुञ्ज क्षेत्रमा जंगली जनावरहरुको अतंक बढेसँगै निकुञ्जले न्युनिकरणका उपायहरु अपनाउन आसपासका बासिन्दाहरुलाई आग्रह गर्दे आएको छ । निकुञ्जले तार विछ्याउने तयारी गरिरहेको ामध्यवर्ति वन व्यवस्थापन समितिको अध्यक्ष गेहेन्द्र खड्काले बचताउनु भयो ।

    बाँके राष्ट्रिय निकुञ्जले ९ जना सिकारीहरुलाई नियन्त्रणमा लिएर अवश्यक कारवाहि अगाडि बढाएको छ । सल्यानका कालिमाटी गाँउपालिका वडा नं. २ र ३ का भीमबहादुर खनाल, देवप्रसाद थापा, धनबहादुर डाँगी, टेकबहादुर कुँवर, कृष्ण थापा, शोकबहादुर खत्री, कमार थापा र रत्नलाल मगरलाई नियन्त्रणमा लिएको हो । निकुञ्जले सिकारीबाट सात वटा भरुवा बन्दुक बरामद गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित