FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कागती खेतीमा सक्रिय हुँदै तुलसीपुरका युवा

    • कृषि टि.भी.
    • २ साल अघि
    • २० पटक पढिएको
    कागती खेतीमा सक्रिय हुँदै तुलसीपुरका युवा

    तुलसीपुर उपमहानगरपालि–१९ विजौरी धेरै वर्षसम्म बाँझो जग्गा केही वर्षदेखि हरियाली बनेको छ । उक्त जग्गामा लटरम्म फलेका कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यही कागती अवलोकन गर्नेहरुको उत्तिकै भीड पनि ।

    तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय बनेको छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

    घोराहीमा वार्षिक रु तीन हजार कट्ठा र तुलसीपुरमा रु दुई हजार ५०० मा जग्गा भाडामा लिएर रुकुमका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गर्नुभएको हो । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण ती युवाहरुलाई हेर्न सकिन्छ ।

    उनीहरुले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उनीहरुले वार्षिक रु १५र२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका छन् ।

    कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज हुने उनले बताए । उनका अनुसार शुरुमा आफूहरुले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करीब एक करोड लगानी भइसकेको छ । अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । जुन कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याई छ”, उनले राससलाई भने, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”

    दाङका दुई स्थानमा आफूहरुले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर देशैभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए । “अहिले हामी दुईजना छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौं”, उनले भने, “त्यसका लागि १०८ जना किसान थप गर्ने हाम्रो योजना छ ।” उनका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पु¥याउने योजना छ ।

    कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनको भनाइ छ । आफूहरुले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उनको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित