FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

    • कृषि टि.भी.
    • २ साल अघि
    • १२१ पटक पढिएको
    मुल्यवृद्धिको विरोधमा आयल निगम घेराउ

    पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा ६ विद्यार्थी संगठनले नेपाल आयल निगम घेराउ गरेका छन् । अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं लगायतका ६ संगठनले बुधबार आयल निगममा घेराउन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन र खाद्यवस्तुमा भएको मुल्यवृद्धि तथा कालोबजारी नियन्त्रण गर्न माग गरेका छन् । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै आयल निगमले दुई सातामा तीन पटक मूल्य वृद्धि गरेको छ । बिद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरी कृष्ण गजुरेलले पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुदा त्यसको प्रत्यक्ष असर आम सर्वसाधारणमा परेको भन्दै मूल्यबृद्धि फिर्ता लिनुपर्ने बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित