- Loading...
बैदेशिक रोजगारबाट फर्किएर व्यवसायिक गाइपालनमा पाख्रिबासका युवा
- कृषि टि.भी.
- २ साल अघि
- १७ पटक पढिएको


पछिल्लो समय नेपालमा वैदेशिक रोजगारिबाट फर्केका युवाहरुको रोजाईमा गाईपालन व्यवसाय पर्न थालेको छ । व्यवसायिक रुपमा गाई पाल्दा युवाहरुलाई रोगारीको अवसर सृजना भएको छ । यसको एउटा उदाहरण धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्वर ४ का युवाहरु हुन । उनिहरु विदेशबाट फर्किएर व्यवसायिक गाई पालन गरी दुधबाट छुर्पी, पनिर, ललिपप तथा पुष्टकारी जस्ता परिकार बनाएर अरुलाई रोजगारी दिदै आफु पनि स्वरोजगार बनेका छन् । धनकुटाको पाख्रिबास नगरपालिका वडा नम्वर ४ का मान बहादुर बस्नेत करिव १ बर्ष देखि व्यवसायिक रुपमा गाई पाल्दै आउनु भएको छ । अहिले उहाँले १० वटा गाई पाल्नु भएको छ । अवको ५ वर्षमा ५० वटा गाई पाल्ने उहाँको लक्ष्य भएपनि सरकारले कुनै सहयोग नगरेकोमा उहाँको गुनासो छ ।

१० वर्ष विदेश बसेर नेपाल आईसकेपछि आफ्नै ठाउँमा परिवार सँगै बसेर मिठो मसिनो खाएर काम गर्न पाउँदा खुशी लागेको उहाँको भनाइ छ । उहाँले अहिले दैनिक ७० देखि ७५ लिटर सम्म दुध उत्पादन गरी बेच्दै आउनु भएको छ । तर दाना, ढुटो र परालको मूल्य दिन प्रतिदिन बढ्दै गईरहेकाले सरकारले ५० प्रतिशत अनुदान दिए व्यवसाय सञ्चालनमा सहज हुने बस्नेतको भनाई छ ।
त्यस्तै पाख्रिबासकै प्रगतिशील दुध परिकार उद्योगका अध्यक्ष बेद बहादुर बस्नेतले दिनमा ५ सय लिटर दुध उत्पादन गरी दुधबाट बन्ने परिकारहरु छुर्पी, पनिर, ललिपप र पुष्टकारी बनाएर बेच्नुहुन्छ । गाउँमा उत्पादन भएको दुधका परिकारहरु काठमाण्डौँ, झापा र विराटनगर सम्म पुय्राउने लक्ष्य भएपनि स्थानीय तहमा कृषि क्षेत्रमा धेरै लगानी नभएको र अहिले सम्म पनि आफुले कुनै अनुदान र क्रृण नपाएको बस्नेतको गुनासो छ । अहिले १ किलो छुर्पीको ८ सय देखि १२ सय रुपैँया सम्म पर्ने र बजारमा दुधबाट बन्ने परिकारको माग पनि उच्च भएकाले बजारीकरणमा कुनै समस्या नभएको उहाँले बताउनु भयो ।
सरकारले व्यवसायीक कृषि पेशामा लाग्न चाहाने युवाहरुको लागि अनुदानको व्यवस्था गरेमा युवाहरु रोगजारीका लागि विदेशीनुपर्ने अवस्था आउने थिएन ।

