FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बर्दियाको राजापुर नगरपालिकामा अत्याधुनिक कृषि फार्म स्थापना गरिदैं

    • कृषि टि.भी.
    • २ साल अघि
    • २९ पटक पढिएको
    बर्दियाको राजापुर नगरपालिकामा अत्याधुनिक कृषि फार्म स्थापना गरिदैं

    शिवा शार्मा, बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिकामा अत्याधुनिक कृषि फार्म स्थापना हुने भएको छ । कृषि फार्म स्थापनाका लागि सम्भाव्यता अध्ययनको विषयमा प्रदेश योजना आयोगले गृहकार्य अघि बढाएको छ ।

    लुम्बिनी प्रदेशको बर्दिया जिल्ला राजापुर नगरपालिकामा अत्याधुनिक कृषि फर्म स्थापनाको लािग प्रदेश योजनाले अयोगले गृहकार्य सुरु गरेको हो । कृषि फार्म स्थापनाको लागि सम्भाव्यता अध्यननको विषयमा आयोगले अन्र्तक्रिया कार्यक्रमा आयोजना गरेको छ । कार्यक्रममा नेपाल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष्य एवं मेग्दी जिल्लामा संचालित हरियाली ग्रुपका संचालक डा. मिन बहादुर श्रेष्ठ र कृषि विज्ञ डा. टिका कार्कीले हरियारी ग्रुप मोडेलको प्रस्तुति गर्नु भएको थियो । जिल्लामा अत्याधुनिक कृषि फार्म स्थापना हुने भएपछि स्थानीय कृषकहरु हर्षित छन् ।

    जिल्लाको राजापुर क्षेत्रलाई अत्यन्तै उर्वरा जमिन र जागरीलो जनशत्ति भएको ठाँउको रुपमा चिन्निछ । यस्ता कार्यक्रमले यस क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ ।

    बर्दिया जिल्लालाई कृषिमा अथाहा सम्भावना भएको जिल्लाको रुपमा पनि चिन्निछ । त्यसमध्ये जिल्लाको राजापुर क्षेत्र कृषि क्षेत्रमा धेरै सम्भावना भएको क्षेत्र भएकाले यहाँ नै अत्याधुनिक कृषि फार्म स्थापना हुन लागेको हो ।

    लुम्बिनी प्रदेश योजना आयोगले, लुम्बिनी प्रदेशमा कृषिको आधुनिकिकरण र ब्यवसायीकरणको लािग विभिन्न कार्यक्रमहरु अघि सारेको छ जसमध्ये अत्याधुनिक कृषि फार्म पनि एक हो । आयोगले मेग्दीमा संचालित हरियाली गु्रपको अवलोक समेत गरेको छ । निर्माण गर्न लागिएको कृषिफार्मलाई कसरी अघि बढाउने भन्ने विषयमा अध्ययन गर्न अवलोकन गरेको र सोही जानकारी दिनको लािग कार्यक्रम आयेजना गरेको हो ।

    कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरी, लुम्बिनी प्रदेश संसद दिपेश चौधरी, लुम्बिनी प्रदेश योजना आयोग सदस्य पुष्पा भुषाल, नेपाल राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष्य डा. मिन बहादुर श्रष्ेठ, कृषि विज्ञ डा. टिका कार्की, एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बदिैयाका कार्यलय प्रमुख विनोद घिमिरे साथै राजापुर नगरपालिकाका ७० वटा कृषि सहकारी , कृषि समुहका प्रतिनिधि र कृषकहरुको उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित