- Loading...
बंगुर र माछा पालनमा स्याङ्जाकी लेखा थापा
- कृषि टि.भी.
- २ साल अघि
- २० पटक पढिएको


हिमाल न्यौपाने, स्याङ्जा । स्याङ्जाकी लेखा थापाले व्यवसायीक रुपमा बंगुर तथा माछा पालन गर्दै आएकी छन् । उनी समाजमा महिलाले पनि व्यवसायीक रुपमा केही गर्न सक्छन है भन्ने उदाहरण बनेकी छन् ।

यो हो गल्याङ नगरपालीका ७ जीमरिेको दृश्य जहाँ महिला कृषि उध्यमी बनेर गाई, बंगुर तथा माछा पालन गदै आएकी छन् । २०७६ साल देखि माछा, बंगुर तथा अन्य सिजन अनुसार को कृषि काम गदै आएकी छन भने श्रीमानको पनि कृषिमा उत्तीकै लगाव हुदा ब्याबसाय राम्रो भएको लेखा थापा को भनाई छ ।
स्थानीय क्षेत्रमा थापाले गरीरहेको कृषि ब्याबसाय ले स्वादिष्ट माछा लिन टाढा जानुपर्ने समस्या समाधान भएको र स्थानीय माछाले बजार पाएको स्थानीय हरि अधिकारीको भनाइृ छ ।
गाउमा तराईका माछा बेच्न आउने र त्यहि माछा खाने गरेको भएता पनि अनमोल माछा तथा बंगुर र्फमको माछा तथा कृषि उत्पादन स्वादिष्ट रहेको स्थानीयले बताएका छन् ।
श्रीमान श्रीमती मिलेर गरीरहेको यो कृषि कर्म लाई स्थानीय सरकार होस् वा प्रदेश सरकारले अवश्य पनि आवस्यक सहयोग तथा हौसाला प्रदान गर्नुपर्छ ।

