FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ८५ प्रतिशत सहुलियतमा च्याँदुलर ओखरका बिरूवा वितरण गरिने

    • कृषि टि.भी.
    • २ साल अघि
    • १६ पटक पढिएको
    ८५ प्रतिशत सहुलियतमा च्याँदुलर ओखरका बिरूवा वितरण गरिने

    हुम्ला । कृषि विकास कार्यालयले विकसित जातको ६ हजार ५०० ओखर वितरण गर्ने भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतको फलफूल विकास प्रबद्र्धन कार्यक्रमअन्तर्गत ८५ प्रतिशत सहुलियतमा ओखरका बिरूवा उपलब्ध गराइने भएको छ ।
    सोका लागि किसानले १५ प्रतिशत रकम अग्रिम जम्मा गरिसकेका छन् । कर्णाली प्रदेश सरकारले प्रतिबोट रु ५०९ मूल्य तय गरेको छ । यसमा कम्तीमा पनि ५० बोट रोप्नुपर्ने प्रावधान रहेको कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जानकारी दिए ।

    कृषि विकास निर्देशनालय सुर्खेतले जारी गरेको सूचनाअनुसार हुम्लाबाट विकसित जातको च्याँदुलर ओखर आयातका लागि बैंकमा रकम जम्मा भइसकेको छ । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालयले प्रदेशका दश जिल्लाका लागि एक लाख विकसित जातको ओखर सहुलियत दरमा किसानलाई वितरण गर्ने भएको छ । फागुन मसान्तसम्म ती बिरूवा हुम्लामा उपलब्ध हुने छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित