FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सबै भुक्क्तानी नपाएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने उखु किसानको तयारी

    • कृषि टि.भी.
    • २ साल अघि
    • १५ पटक पढिएको
    सबै भुक्क्तानी नपाएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने उखु किसानको तयारी

    उखु किसानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् । संघर्ष समिति सर्लाहीले सबै भुक्तानी नपाएको भन्दै प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउने तयारी गरेका हुन् । प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर काठमाडौं बेन्द्रित आन्दोलन सुर गर्ने सिमितिका राकेश मिश्रले कृषि टेलिभिजनलाई जानकारी दिनुभयो । अहिले पनि उखु किसानहरूले सबै भुक्तानी पाएका छैनन् । सरकारले अहिलेसम्म ६० करोड रकम किसानलाई दिइसकेको जनाएको छ भने उद्योगीबाट लिएर ५ करोड मन्त्रालयसँग रहेको जनाएको छ । तर पनि किसानहरूले कति भुक्तानी पाए र सरकारसँग कति रकम बाँकी छ भन्ने तथ्याङ्क यकिन नभएको बताइएको छ । किसानहरुले भुक्तानीको विवरण चिनी उद्योगबाट सार्वजनिक गराउन समेत माग गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित