FLASH NEWS
- Loading...
जाजरकोटको भेरी नगरपालीकामा बर्डफ्लु पुष्टि
- कृषि टि.भी.
- २ साल अघि
- २३ पटक पढिएको


जाजरकोटको भेरी नगरपालीकामा बर्डफ्लु पुष्टि भएको छ । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका ३ का किसानले पालेका कुखुरामा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । ३ सय ब्रोइलर कुखुरा, ३ सय ३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा, २ सय ५१ किलो दाना र २ सय वटा अण्डाको क्रेट नष्ट गरिएको छ । बर्डफ्लु रोग पुष्टि भएको क्षेत्रबाट अन्यन्त्र फैलन नदिन तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानिय तहका निकायहरुको परिचालन गरिएको विभागले जनाएको छ । यसअघि काठमाडौँको तारकेश्वरमा तीन पटक र र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस
